विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत प्रवर्द्धकहरुलाई जलविद्युत आयोजना विकास गर्दा वातावरणीय अध्ययन, समाजिक व्यवस्थापनमा संवेदनशील हुन सुझाव दिइएको छ । हिमालयन हाईड्रो एक्स्पोको जलवायु परिवर्तन, वातावरणीय अध्ययन तथा सामाजिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियाका सहभागीले आयोजनामा हुने लगानीको दिगो प्रतिफल सुनिश्चिताका लागि यस्तो आवश्यकता बढ्दो रहेको औल्याएका हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत मनिशराज पाण्डेले जलवायु परिवर्तनका असर वर्तमानमा मात्र नभएर भविष्यका लागि थप चुनौतिपूर्ण हुने आँकलन गरे । उनका अनुसार नेपालका अधिकांस जलविद्युत आयोजना पहाडी इलाकामा बन्ने र संरक्षण गर्नु पर्ने क्षेत्रमै आयोजनाहरु धेरै हुँदा विकास र वातावरणलाई सन्तुलित रुपमा लैजानुपर्ने आवश्यकता रहेको छ ।

‘विगतका पाठका आधारमा भावि दिनमा कार्ययोजना बनाउनु पर्ने महसुस हामीले गरेका छौ’, उनले भने, ‘एकिकृत जल उपयोग नीतिअनुसार नदि बेसिनमा आधारित विद्युत् विकासमा जाँदा जलको उचित व्यवस्थापन सामाजिक आर्थिक वातावरणीय कुरामा संवेदनशील बन्नै पर्छ ।’

वातावारणीय सामाजिक विषयवस्तुलाई  हामीले प्राथमिकतामा नराखेकै कारण क्षति भोग्नु परेका सानिमा हाइड्रोका प्रमुख डा. सुवर्णदास श्रेष्ठले बताए । ‘अव जलविद्युतमा लगानी मात्र सोच्ने होइन वातावरण समाजिक व्यवस्थापनमा सोच्नु पर्छ, जलवायु परिवर्तन, आयोजनाको दिगोपन, स्थानीय सहभागितामा जान सकेमात्र हाम्रा आयोजना र त्यसको प्रतिफल दिगो हुनेछ’, उनले भने, ‘वातावरणीय व्यवस्थापनमा वृक्षारोपणका लागि क्षेत्र पहिचान र विस्तार गर्न सरकारी कार्यशैली गलत छ ।’

विदेशी लगानी ल्याउन विश्व प्रचलित मान्यता अनुसारका प्रतिवेदन खोज्ने बताउँदै पूर्वतयारीमा विशेष ध्यान दिन डोल्मा इम्प्याक्ट फन्डका अधिकारी विद्यावारीधि सिग्देलले आग्रह गरे । उनका अनुसार स्थानीय समूदायका समस्यालाई हेर्ने दृष्टिकोणमा पनि फरक बनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit