काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीको सरुवा गरेको छ । प्राधिकरण सञ्चालक बोर्डको ३१ भदौको निर्णयअनुसार कर्मचारीहरूको सरुवा गरिएको प्राधिकरणले जनाएको छ । सरुवा हुनेमा निर्देशकदेखि इन्जिनियरहरूसम्म परेका छन् ।
प्राधिकरणको केन्द्रीय कार्यालयमा कार्यकारी निर्देशकको सचिवालयमा रहेका निर्देशक कमल आचार्यलाई गण्डकी प्रादेशिक कार्यालय पोखराको प्रमुखमा सरुवा गरिएको छ । प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट संस्थागत योजना तथा अनुगमन विभागमा सरुवा गरिएको छ ।
त्यसैगरी रत्नपार्क, कुलेश्वर, महाराजगञ्ज, जोरपाटी, बानेश्वर, लगनखेल, भक्तपुर, पुल्चोक वितरण केन्द्र प्रमुखहररू सरुवा भएका छन् ।
परासी, हेटौँडा, धनगढी, अत्तरिया, नेपालगञ्ज, कोहलपुर, घोराही, लमही, गौर, सिरहा, लालबन्दी, अनारमनी, धुलाबारी, उर्लाबारी, सिन्धुपाल्चोक, काभ्रे, दुहबी, राजविराज, कावासोती, सुर्खेत, सल्यान, ग्रीड विकास विभाग, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुखहरुको पनि सरुवा गरिएको छ ।
यस्तो छ सरुवा हुने कर्मचारीहरूको नामावली