विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सूर्य नेपालले ट्रंक एण्ड डेडिकेटेड लाइन प्रयोग गरेबापतको महसुल नियमित रुपमा बुझाइरहेको छ । बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेको सूर्य नेपालले २०७८ सालदेखि नै नियमित रूपमा महसुल बुझाउँदै आइरहेको छ ।

ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेबापत सूर्य नेपालले किस्ताबन्दीमा मासिक १२ लाख ५० हजार रुपैयाँ महसुल बुझाउँदै आएको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रुमेश रुपाखेतीले बताए ।

‘यसअघि सूर्य नेपालको ट्रंक एण्ड डेडिकेटेड लाइन प्रयोग गरेबापतको साढे ६ करोड रुपैयाँ बक्यौता महसुल बाँकी थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले घटाएर २ करोड ४७ लाख रुपैयाँ बाँकी छ ।’

सूर्य नेपालले आगामी आर्थिक वर्षभित्र सबै बक्यौता बुझाइसक्ने जनाइएको छ । केन्द्रअन्तर्गत ट्रंक तथा डेडिकेटेड लाइनबाट विद्युत् उपयोग गर्ने सूर्य नेपालसँगै अन्य ५ उद्योगगपनि छन् । उनीहरूले बक्यौता नबुझाएपछि लाइन काटिएको छ ।

जगदम्बा स्टिल्स प्रा.लि, जगदम्बा इन्टरप्राइजेज, अशोक स्टिल, हुलास स्टिल, हामा आईरनले बक्यौता नबुझाएपछि लाइन काटिएको छ । हुलास स्टिलको भने अदालतमा मुद्धा विचाराधीन अवस्थामा भएकोले लाइन काटिएको छैन ।

केन्द्रको तथ्याङ्क अनुसार सबैभन्दा ठुलो उद्योग जगदम्बा स्टिलको ४ अर्ब १४ करोड, अशोक स्टिलको ७८ करोड, हामा आइरनको ११ करोड ५० लाख, हुलास स्टिल्सको ४३ करोड र जगदम्बा इन्टरप्राइजेजको ४७ करोड ९८ लाख विद्युत् महसुल बुझाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit