विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

धनगढी । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित हुने बताएका छन् । ‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने अभियान’ का लागि कर्णाली र सुदूर पश्चिम प्रदेशका पुगेका शाक्यले विभिन्न वितरण केन्द्र र सबस्टेसनको निरीक्षण गर्ने क्रममा यस्तो बताएका हुन् ।

‘विगतमा लोडसेडिङ हुँदा जसरी पनि बिजुली पुर्‍याउनुपर्छ भन्ने थियो, अब बिजुली पुर्‍याएर मात्रै हुँदैन,’ उनले धनगढीको कार्यक्रममा भने, ‘बिजुलीको गुणस्तर राम्रो हुनुपर्छ । गुणस्तर भनेको झ्याप्पझ्याप्प बिजुली जानु भएन । बिजुली भरपर्दो हुनुपर्‍यो ।’

उनले उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने कार्यक्रममा सबै भन्दा बढी विद्युत् खपत गरेर प्राधिकरणको आन्दामीमा मात्रै टेवा पुर्‍याउनुका साथै विद्युत्को उपयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिपर्ने बताए ।

‘उद्योगीहरूले कच्चा पदार्थका रूपमा विद्युत् प्रयोग गर्नुहुन्छ र चार–पाँच गुणा लाभ लिनुहुन्छ,’ उनले भने, ‘विद्युत् उपभोक्ता हाम्रो आम्दानीका लागि मात्रै होइनन् । देशकै अर्थतन्त्रको योगदानका लागि महत्त्वपूर्ण भएको हुनाले उनीहरूको सम्मान गर्दै गर्दा हाम्रो दायित्व मात्रै पूरा गरेका होइनौँ । अर्थतन्त्रमा योगदान दिनुभएको र रोजगारीको पनि अवसर दिनुभएकाले धन्यवादको रूपमा यो अभियान चलाएका हौँ ।’

उनले गुणस्तरीय बिजुली सबै उपभोक्ताको आवश्यकता भएको भन्दै अझ उद्योगीका लागि झन् आवश्यक हुने उल्लेख गरे । ‘एक पटक केही समय बन्द हुँदा कि जेनेरेटर चलाउनु पर्ने हुन्छ वा उहाँहरूको उत्पादन खेर जाने अवस्था हुन्छ,’ उनले भने, ‘त्यसैले उद्योगीका लागि विद्युत् सेवाको निरन्तरता अत्यावश्यक भएको हुँदा भोल्टेज गुणस्तरीय हुनुपर्छ ।’

उनले सबै वितरण केन्द्रका प्रमुखसँग बसेर कुराकानी गरेको भन्दै  सुदुरपश्चिममा विद्युत्‌लाई विश्वसनीय र  गुणस्तरीय बनाउन अत्तरिया–धनगढी प्रसारण लाइन निर्माणको अनुमतिपत्र लिएर अघि बढेको पनि जानकारी दिए । ‘योसँगै सुदूरपश्चिममा अन्य धेरै आयोजना पनि आइरहेकाले यो ठाउँको विद्युत्को गुणस्तर राम्रो हुने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘हामी छिट्टै जति ठूलो उद्योग आउँदा र उहाँहरूले माग्दा पनि दिन सक्ने अवस्थामा पुग्नेछौँ ।’

कार्यकारी निर्देशक शाक्यले कोलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनासँगै कर्णाली प्रदेशको वितरण तथा ग्राहक सेवा निर्देशनालयको पनि निरीक्षण भ्रमण गरे । उनले प्रदेशका हिमाली तथा पहाडी जिल्लामा देखिएका समस्या समाधानको उपायसहित तालिका बनाएर अघि बढ्न कर्मचारीलाई निर्देशन दिए ।

उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शशिभूषण साह र सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार यादवसहित शाक्यले कैलालीको लम्कीचुहास्थित प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय कङ्क्रिट पोल प्लान्ट, अत्तरियाको सबस्टेसन, सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी वितरण केन्द्रको निरीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३