images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन विद्युत् सम्झौता आज हुँदैछ ।  भारतीय विदेशी मन्त्री एस जयशंकरकाे नेपाल भ्रमणका क्रममा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् लैजान पाउने गरी सम्झौता हुने लागेको हो ।

उक्त सम्झौतापत्रमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र भारतीय ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

सो  सम्झौतापछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा विद्युत् खरिद बिक्री सम्झौता गरी बिजुली लिनेछन् । नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको गत जेठ तेस्रो साता भएको भारत भ्रमणका सिलसिलामा नेपालको बिजुली भारत लैजाने गरी दीर्घकालीन विद्युत् खरिदबिक्री सम्झौता गर्ने सहमति भएको थियो । उक्त सहमतिलाई ४ सेप्टेम्बरमा बसेको भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । उक्त विद्युत् खरिदबिक्रीको मोडालिटीको विषयमा समेत बैठकमा छलफल हुने कार्यक्रम छ ।

त्यस्तै, एक हजार मेगावाट भन्दा बढी क्षमतामा निर्माण गर्न सकिने तमोर जलविद्युत् परियोजना आफूले विकास गर्ने प्रस्ताव भारतले नेपालसामु बैठकमा राख्ने तयारी गरेको बुझिएको छ । मुआब्जा विवादको अवरोध खेपेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना समयमै निर्माण सम्पन्न गर्ने विषय र पञ्चेश्वर बहुउदेश्यीय परियोजनाको डिपिआरलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

यसैगरी, बैठकले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने, न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई गति दिने, भारतीय कम्पनीले अगाडि बढाएका ठूला आयोजनालाई थप गति दिइने सम्बन्धि विषयमा छलफल हुने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit