विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २२० केभी हेटौडा-भरतपुर–बर्दघाट डबल सर्किट प्रसारण लाइनको दुम्कीबास क्षेत्रको अवरोध नहट्दा निर्माण अघि बढ्न सकेको छैन । स्थानीयले प्रसारण लाइनको रुट परिवर्तनको माग राखेर अवरोध गरेपछि करिब २ वर्षदेखि निर्माण सुचारु हुन नसकेको हो ।

२०७६ चैत्रदेखि स्थानीयले गरेको अवरोध अझै हटाउन नसकिएको आयोजनाका इलेक्ट्रिकल इन्जिनियर सुरज पौडेलले बताए । उनका अनुसार १९८ र १९९ नम्बर टावर पर्ने दुम्किबास क्षेत्रमा स्थानीयले गरेको अवरोध हटाउन कठिनाई भएको छ ।

‘यो क्षेत्रमा बढीमा एक महिनाको मात्र  काम बाँकी छ,’ उनले ऊर्जा खबरसँग भने,‘अवरोध हटाउन सकियो भने अवरोध हटेको एक महिनाभित्र काम सम्पन्न गरी सञ्चालन गरिन्छ, तर रुट परिवर्तनको माग गर्दै स्थानीयले सर्वोच्च अदालत काठमाडौंमा मुद्धा दायर गरी (स्टे अर्डर) काम रोकेको हुँदा निर्माण ठप्प छ ।’

‘अदालतमा सोमबार (हिजो) सुनुवाई थियो, पालो नआएपछि फेरी फागुन अन्तिम सातामा पुर्याएको छ’ पौडेलले बताए । स्थानीयले अवरोध गरी लामो समयदेखि काम रोकिदा प्राधिकरणलाई करोडौ करोड रुपैयाँ घाटा हुन पुगेको आयोजनाले बताउँदै आएको छ । आयोजनाको ९९ प्रतिशत काम सकिएकोले रुट परिवर्तन गर्न असम्भव भएको आयोजनाले जनाएको छ ।

यो खण्डको २ सय ४६ वटा टावरमध्ये २ सय ४४ वटा खडा भइसकेका छन् । तार तान्ने काम पनि यो दुम्किबास क्षेत्रमा मात्र बाँकी रहेको छ ।

लामो समय स्थानीयको अहसयोग, कानुनी जटिलता, एवं ठेक्का सम्झौता रद्धलगायत कारणले निर्माण प्रभावित हुँदै आएको छ । यो खण्डमा पर्ने १३२ केभी न्यू–भरतपुर सबस्टेसन सञ्चालनमा आइसकेको छ । तर, अवरोधले  गर्दा लाइन पूरा नहुँदा यो लाइनबाट भने विद्युत प्रवाह गर्न सकिएको छैन् ।

यस्तै, प्रसारण लाइनको हेटौंडा–भरतपुर खण्ड पनि ८६ प्रतिशत निर्माण सकिएको  छ । प्रसारण लाइनको यो खण्ड आगामी ७ महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना रहेको पौडेलले जानकारी दिए ।

यो खण्डमा निर्माण हुने २ सय २६ टावरमध्ये २ सय ५ वटाको फाउन्डेसन सकिएको छ । बाँकी ९ वटा मल्टी सर्किट (४ सर्किट) र १२ वटा डबल सर्किट टावरको जग खन्ने काम भइरहेको छ ।

लाइनकाे १ सय ७६ वटा टावर खडा गरिएको छ । करिब २२ किलोमिटर तार तान्ने काम पनि सम्पन्न भएको उनले बताए । यो खण्डको काम तिव्र गतिमा अघि बढेकोले आगामी ७ महिनाभित्र सञ्चालन गरिने पनि पौडेलले बताए ।

हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट गरी २ खण्डमा निर्माण भइरहेको प्रसारण लाइनको काम सन्तोषजनक नभएको भन्दै प्राधिकरणले भारतीय र चिनियाँ ठेकेदारसँगको सम्झौता तोडेको थियो । सम्झौता तोडिएपछि लामो समय प्रसारण लाइनको निर्माण रोकिन पुगेकोले यसको निर्माण अवधि लम्बिएर १२ वर्ष पुगेको हो ।

हेटौंडा–भरतपुर खण्डको ठेक्का भारतीय कम्पनी आइकम टेल र भरतपुर–बर्दघाट खण्डमा चिनियाँ सेन्टरल पावर ग्रिड (सिसिपिजी) ठेकेदारसँगको ठेक्का तोडिएको थियो । अहिले पनि हेटौंडा–भरतपुर खण्डमा भारतीय र भरतपुर–बर्दघाट खण्डमा चिनियाँ कम्पनीले काम गरिरहेका छन् ।

पहिलो पटक २०६५ सालमा ठेक्का सम्झौता गरेर २०६६ सालमा प्रसारण लाइनको काम सुरु गरिएको थियो । ठेक्का सम्झौताअनुसार २०६९ मा प्रसारण लाइन सम्पन्न गर्ने तालिका थियो । तालिका भन्दा करिब ९ वर्ष वितिसक्दा पनि लाइनको काम सकिएको छैन् ।

प्रसारण प्रणाली दिगो र गुणस्तरीय बनाउन यो प्रसारण लाइन निर्माण भइरहेको हो । प्रसारण लाइन निर्माण गर्न विश्व बैंकले ऋण लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit