विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २२, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन 

काठमाडौँ । लालुपाते हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गरिरहेको ४९.९५ मेगावाटको दानाखोला जलविद्युत् आयोजनामा ६ वटा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ४७ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । 

मनाङको नासौं गाउँपालिका भएर बग्ने दाना खोला (डोना खोला) मा निर्माण गर्न लागिएको आयोजनाको प्रवर्द्धक र ऋण लगानीको नेतृत्वकर्ता बैंकबीच शुक्रबार सहवित्तीयकरण लगानी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका कार्यकारी अध्यक्ष मोहनकुरमा डाँगी र नेतृत्वकर्ता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार आयोजनामा नेतृत्वकर्ता सानिमा बैंकले १ अर्ब ९७ करोड, नविल बैंकले १ अर्ब ५० करोड, सिटिजन्स बैंकले १ अर्ब, राष्टि«य वणिज्य बैंकले १ अर्ब, कृषि विकास बैंकले १ अर्ब र नेपाल एसबिआई बैंक तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) मध्ये एक बैंक/संस्थाबाट १ अर्ब रुपैयाँ ऋण लगानी हुने छ । एसबिआई र एचआईडीसीएल मध्य ऋण लगानीको सम्झौता जसले पहिला गर्छ उसैसँग ऋण लिने कम्पनीले जनाएको छ । 

कार्यकारी अध्यक्ष डाँगीका अनुसार कूल ९ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान रहेको आयोजनामा बैंकहरूबाट ७५ प्रतिशतले हुन आउने ७ अर्ब ४७ करोड र प्रवर्द्धकहरूबाट २५ प्रतिशतले हुन आउने २४९ करोड रुपैयाँ स्वपुँजी लगानी जुटाइने गरी वित्तीय व्यवस्थापन गरिएको छ । स्वपुँजी मध्ये ४९.८ करोड रुपैयाँ सर्वसाधारमा र २४.९ करोड रुपैयाँ स्थानीय प्रभावितमा सेयर जारी गरेर संकलन गरिने जनाइएको छ । स्थानीय तथा सर्वसाधारणबाट ७४.७ करोड रुपैयाँ संकलन गरिने छ । बाँकी, प्रवर्द्धकहरुबाट १७४.३ करोड रुपैयाँ संकलन गर्नुपर्नेमा १ अर्ब संकलन गरी ८३ करोड खर्च गरिएको छ । 

वित्तीय व्यवस्थापन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलविद्युत् आयोजनाको विकास चुनौतीपूर्ण भए पनि यस क्षेत्रमार्फत निजी क्षेत्रले राष्ट्रलाई निकै ठूलो योगदान पुर्‍याइरहेको बताए । उनले अब अवस्था फेरिएको भन्दै आयोजना होल्ड गर्ने छुट कसैलाई नभएको र २८ हजार ५०० मेगावाट उत्पादन गर्ने १० वर्षे लक्ष्यलाई सहयोग पुर्‍याउन दाना खोलासहित सबै आयोजना समयमै निर्माण पूरा भई सञ्चालन आउनुपर्ने बताए । यसका लागि सहजीकरण गर्न सरकार तयार रहेको पनि उनको भनाइ थियो । 

कार्यक्रममा मनाङबाट निर्वाचित प्रतिनिधि सभाका सांसद टेकबहादुर गुरुङले आयोजना समयमै सम्पन्न हुनुपर्ने बताए । लगानीकर्ता बैंकका तर्फबाट सीईओ निश्चलराज पाण्डेले सरकारले लिएको ऊर्जा विकासको लक्ष्यमा सघाउन बैंकहरु सँधै साथमै रहने बताए । नासौँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले आयोजना  निर्माणमा स्थानीयबासीको सहयोग रहने बताए । 

यो आयोजनाको क्याचमेन्ट एरियामा डोना लेक रहेको छ । नासौं गाउँपालिकाको वडा नम्बर २, ३, र ५ मा यो आयोजनाको संरचना रहने छन् । आयोजनाको विद्युत्गृह मनाङको खोत्रो भन्ने स्थानमा रहने छ । आयोजनाको मुख्य संरचना रहने उक्त गाउँपालिकाको वडा नम्बर २ नाँचै गाउँका ४२ घरधुरी प्रभावित परिवारलाई बैंकबाट ऋण दिलाएर भए पनि सेयर लगानी गर्न सहज बनाउने प्रतिबद्धता प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष डाँगीले व्यक्त गरे ।  

३ महिनाभित्र ठेक्का सम्झौता सकिने 

कार्यकारी अध्यक्ष डाँगीका अनुसार आयोजनाका विद्युत्गृहमा आवास भवन, आर्मी क्याम्प निर्माण भइसकेको छ । पहुँचमार्ग निर्माण भइरेको छ । जग्गा खरिद गरिसकिएको छ । वन क्षेत्रको  ४.८ हेक्टर जग्गाको भोगाधिकार लिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको छ । आयोजनाको सिभिल संरचना निर्माणका लागि प्राविधिक रूपमा छनौट भएका ६ वटा कम्पनीसँग आर्थिक प्रस्ताव माग गरी नेगोसिएसन भइरहेको छ । 

हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कार्यका लागि आह्वान गरिएको बोलपत्र अनुसार पेश भएका प्रस्तावउपर छलफल चलिरहेको छ । ३ महिनाभित्र ठेक्का सम्झौताको काम पूरा गरिने आयोजनाले जनाएको छ । आयोजनाबाट २०८४ कात्तीक २ सम्ममा व्यापारिक उत्पादन सुरु गरिने छ । 

सबै संरचना भूमिगत 

आयोजनाको बाँध स्थल समुद्री सतहबाट २८२१.५ मिटरको उचाइमा रहेको छ । बाँधबाट २ वटा इन्टेक हुँदै आयोजनाको पानी भूमिगत डिसेन्डरमा पानी पुर्‍याइन्छ । डिसेन्डरबाट ३ किलोमिटर हेडरेस १९ किलोमिटर पेन्स्टक सुरुङ्गबाट विद्युत्गृहमा पानी पुर्‍याई विद्युत् उत्पादन गरिने छ । विद्युतगृह समुद्री सतहबाट १८२५ मिटरमा रहेको छ। विद्यूत्गृहमा ३ वटा उत्पादन युनिट रहने गरि डिजाइन गरिएको छ । विद्युत् उत्पादन गरिएपछिको पानी ४१५ मिटर लामो टेलरेसबाट मस्र्याङ्दी नदीमा छोडिने छ । यो आयोजनाका बाँधबाहेकका धेरैजसो संरचना भूमिगत रहने छन् । 

हाल क्यु ४३.७ मा डिजाइन गरिएको यो आयोजनालई क्यु ३४.११ मा डिजाइन गर्दा यसको क्षमता ८३.३ मेगावाट पुग्ने देखिएको छ । नीतिगत व्यवस्था गरिए आयोजनाबाट वार्षिक साढे ४ महिना ८३ मेगावाट विद्युत् उत्पादन गरी १११.९०२ गिगावाट घण्टा विद्युत् भारत निर्यात गर्ने गरी भारतको मणीकरण पावरसँग समझदारी गरिएको पनि कार्यकारी अध्यक्ष डाँगीले बताए ।  आयोजनाको विद्युत् प्रस्तावित २२० केभीको धारापानी सबस्टेशनमा जोडिने छ ।  

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३