विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुकुम पूर्वमा पहिचान भएको ४४.५२ मेगावाटको सानी भेरी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट र नेपाल विद्युत प्राधिकरणबीच बुधबार (असार २७ गते) पिपिएमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार आयोजनाले उत्पादन गरेको विद्युत प्राधिकरणले हिउँदयाममा ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँमा खरीद गर्नेछ । आयोजना पूरा भएपछि वार्षिक रुपमा २८३.३७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजना रुकुम पूर्वको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकामा भएर बग्ने सानी भेरी खोलामा निर्माण हुनेछ । १४५ मिटर हेड रहेको आयोजनाको डिजाइन डिस्चार्ज ३६.८ घनमिटर/प्रतिसेकेण्ड रहेने कम्पनीले जनाएको छ । आयोजनामा ४३०० मिटर सुरुङमार्ग र ३१० मिटर पेनस्टक पाइप प्रयोग हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युत १३२ केभी प्रसारण लाइनमार्फत २० किलामिटर दुरीमा रहेको प्राधिकरणको बाफिकोट सबस्टेसनमा निर्माण हुनेछ ।

आयोजना सम्पन्न गर्न ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । निर्माण पूर्वको सबै काम पूरा गरी यसै वर्षभित्र वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने योजना रहेको कम्पनीका अध्यक्ष जयराम अर्यालले बताए ।आयोजनाको काम पूरा गरी २०८४ पुसभित्र उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३