विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डिभिजन कार्यालय नेपालगञ्ज अन्तर्गत रहेको ट्रान्सफर्मर मर्मत तथा परीक्षण केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्राविधिक जनशक्ति अभावमा राम्रोसँग चल्न नसकेको केन्द्रलाई त्यस क्षेत्रको आवश्यकता र महत्वलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याउन लागिएको हो ।

विगतमा ट्रान्सफर्मर परीक्षणको काम मात्र हुँदै आएकोमा आवश्यक जनशक्ति राखेर पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भइरहेको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

‘वर्क सपका लागि ३ तहसम्मका इलेक्ट्रिसियनको आवश्यकता पर्छ, त्यस्तो जनशक्ति करार सेवाबाट लिने प्राधिकरणको नियम छ,’ उनले सोमबार ऊर्जा खबरसँग भने, ‘हामीसँग केही जगेडा कर्मचारी छन्, भएसम्म तिनको उपयोग गर्ने हो, नत्र करार सेवाबाट लिएर पनि त्यो सञ्चालनमा ल्याउने हो ।’

उक्त वर्क सप सञ्चालनमा आएपछि दाङदेखि पश्चिम नेपालगन्ज डिभिजन, कर्णाली र सुदूरपश्चिम प्रदेशको सेवा प्रभावकारी हुने सिलवालको भनाइ छ । अहिले, नेपालगन्ज नयाँ ट्रान्सफर्मर परीक्षणमात्र हुने हुँदा मर्मतका लागि हेटौंडासम्म ल्याउनुपर्ने बाध्यता छ ।

आंशिकरूपमा सञ्चालनमा रहेको मर्मत केन्द्रलाई पूर्ण क्षमतामा चलाउन प्रयास भइरहेको नेपालगन्ज डिभिजन कार्यालयका प्रमुख राजीव सिंहले बताए । ‘यहाँ करोडौंका उपकरण छन्, ती त्यतिकै थन्किएको अवस्था छ,’ उनले भने, ‘पूर्ण क्षमतामा सञ्चालन गर्न सकियो भने सुर्खेत, अत्तरिया लगायत क्षेत्रमा बिग्रेका ट्रान्सफर्मर यहीँ मर्मत गर्न सकिन्छ ।’

उक्त मर्मत तथा परीक्षण केन्द्र सञ्चालनमा आएपछि केन्द्रीय वर्क सपभन्दा पनि ठूलो हुने प्राधिकरणको विश्वास छ । अहिले, प्राधिकरणका विराटनगर, हेटौँडा, बुटवलमा वर्कसप सञ्चालनमा छन् भने काठमाडौँ लैनचौरमा रहेको वर्कसप भक्तपुर खरीपाटीमा सारिएको छ ।

पोखरा वितरण केन्द्र प्रमुखको जिम्मेवारीमा रहेका सिंह सरुवा भएर नेपालगन्ज गएका हुन् । उनी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने, गुनासो सुनुवाई गर्ने र तिनको समाधानमा सक्रिय रहने कर्मचारीमा गनिन्छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit