विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८२ ब‌ैशाख ९, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

काठमाडौँ । नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन अन्तर्गत ललितपुरमा आयोजित विशेष समारोहमा ऊर्जा खबरका मधेश प्रदेश संयोजक सन्तोषकुमार मिश्र गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । चन्द्रसूर्यवाणी डटकम र क्राइम चेक साप्ताहिकका सम्पादकसमेत रहेका मिश्रलाई नगद ११,१११ रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

मधेश प्रदेशमा हुँदै आएको विद्युत् विकास, उपभोक्ताका समस्या तथा समाधानमा केन्द्रित रहेर कलम चलाउने गरी मिश्रले गत फागुनदेखि ऊर्जा खबरको जिम्मेवारी सम्हालेका थिए । उनले दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय रहँदै सामाजिक सरोकार, जनजीवन र राज्यका विषयमा अनुसन्धानात्मक एवम् जनमुखी पत्रकारिता गर्दै आएका छन् । हाल Federation of International Journalists America (FIJA) को नेपाल बोर्ड अफ डाइरेक्टरका सदस्य रहेका उनी नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका कार्यसमिति सदस्य तथा नेपाल पत्रकार मञ्चका सक्रिय सदस्यका रूपमा समेत आवद्ध छन् ।

उक्त समारोहमा पत्रकारिता क्षेत्रका अन्य पाँच जना पत्रकारहरूलाई पनि योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको थियो। नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक आरती चटौतलाई क्रियाशील पत्रकारिता पुरस्कार स्वरूप नगद रु. २५,००० र प्रमाणपत्र प्रदान गरिएको थियो। अन्नपूर्ण पोस्ट दैनिककी समाचार सम्पादक रामकला खड्कालाई प्रताप स्मृति पत्रकारिता पुरस्कारसहित रु. १५,००० राशिको सम्मान गरिएको हो।

त्यस्तै, नाजिर उद्दिन मिया स्मृति पत्रकारिता पुरस्कार चेतनराज पाण्डेलाई, डा. चुडाबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार घनश्याम श्रेष्ठलाई, र बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार टंककला तिमिल्सेनालाई प्रदान गरिएको थियो। यी तीनै पुरस्कारमा रु. ५,१११ नगद र प्रमाणपत्र समावेश थियो ।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले प्रेस स्वतन्त्रता र गणतन्त्रको मूल्यबारे आफ्नो स्पष्ट धारणा राखेका थिए । 'नेपालका पत्रकारहरूले सत्ता र शक्तिको यथार्थ उजागर गर्दै जनचेतना जगाउँदै आएका छन्, गणतन्त्रको विकल्प खोज्न मिल्दैन,' उनले भने, 'सुधार आवश्यक छ, तर प्रणाली बदल्न खोज्नु खतरनाक हो ।'

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३