विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न तह र सेवा समूहमा रिक्त अधिकृत तथा सहायक स्तरमा साढे ४ सय  बढीको आवेदन खुल्ला गरेको छ । लोक सेवा आयोगले लिने खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाबाट स्थायी पदपूर्ति गर्न प्राधिकरणले आवेदन खुलाएको हो ।

खुल्ला र आन्तरिकतर्फ गरी ४ सय ६४ कर्मचारीको पदपूर्ति गरिने प्राधिकरण कार्यकारी निर्देशकको सचिवालयले जनाएको छ । प्राधिकरणका अनुसार खुल्लातर्फ ३ सय ३० जना कर्मचारीको पदपूर्ति गरिनेछ । प्राधिकरणले विभिन्न कार्यालयमा खटाउने गरी ३ देखि १० तहको पदपूर्तिका लागि आवेदन मागेको छ । अधिकृत स्तरको पदपूर्ति गर्न ५२ जनाको आवेदन मागिएको प्राधिकरणले जनाएको छ । ५ तहका लागि ७३ र ४ तहमा १ सय २६ कर्मचारी मागिएको छ ।

 ४ तहमा सिनियर मिटर रिडर, सहायक लेखापाल र फोरमेनको पदपूर्ति गरिने प्राधिकरणले जनाएको छ ।  यस्तै, ३ तहका लागि इलेक्ट्रिसियन, जुनियर मिस्त्री र टेक्निसियनको पदपूर्ति गर्न ७९ जनाको आवेदन खुलेको छ ।

खुल्ला पदका लागि योग्य इच्छुक व्यक्तिले आगामी असोज ६ गतेसम्म अनलाइन आवेदन दिनुपर्नेछ । ७ देखि १४ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।

१३४ कर्मचारी आन्तरिक प्रतिस्पर्धाबाट रिक्त पदपूर्ति गर्ने

१३४ जना कर्मचारीको पदपूर्ति आन्तरिक प्रतिस्पर्धाका आधारमा गरिने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले जुनियर मिस्त्रीदेखि प्रबन्धकसम्मको रिक्त पद आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्न लागेको हो ।

१० तहको एक,  ९ तहको २, ८ तहको एक,  ७ तहको ४, ६ तहको ३५, ५ तहको ३४, ४ तहको १८ र ३ तहको ३९ रिक्त पद आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार इन्छुकले आगामी २१ दिन (असोज ८ गते) भित्र आवेदन बुझाउन पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit