विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले करिब ६७ लाख ६० हजार रुपैयाँ विद्युत महशुल बक्यौता असुली गरेको छ । केन्द्रले महशुल बुझाउन अटेर गर्ने ग्राहकको लाइन काटी बक्यौता असुली गरेको हो ।

लामो समयसम्म विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुली गरिएको केन्द्र प्रमुख मिथिलेस कुमार गोहीबारले बताए । उनका अनुसार गत बुधबार (१६ गते) र बिहीबार (१७ गते) ३३ ग्राहकको लाइन काटीएको थियो ।

लाइन काटीएका ग्राहकबाट १ करोड ५३ लाख १ हजार ७ सय ९० रुपैयाँ असुली गर्नुपर्ने थियो । लाइन काटिएका ग्राहकमध्ये १३ जनाले जरीवानासहितको ६७ लाख ६० हजार ३ सय ७० रुपैयाँ विद्युत महशुल बुझाएपछि उनीहरुको लाइन पुनःजोडिएको छ ।

बाँकी २० जनाले पनि जरीवानासहितको बक्यौता बुझाएपछि लाइन जोडिनेछ । केन्द्रले लाइन काटेर विद्युत महशुल संकलन अभियानलाई तिव्र गतिमा अघि बढाएको छ । ६० दिनसम्म महशुल नबुझाएका ग्राहकको जुनसुकै बेला पनि लाइन काटिने केन्द्रले जनाएको छ ।

यस केन्द्र अन्तर्गत प्राधिकरणको विद्युत सेवा लिने ७३ हजार बढी ग्राहक छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit