विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिहीबार (मंसिर १४ गते) काठमाडौंका दर्जन भन्दा बढी स्थानकाे सेवा बन्द गर्ने भएकाे छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकु सबस्टेसनकाे स्तरोन्नति गर्ने भएकोले सेवा प्रभावित हुने भएको हो ।

आयोजनाले हाल टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम गरिरहेको जानकारी दिएको छ । आयोजनाका अनुसार टेकु सबस्टेसनमा दोस्रो १ थान १३२/११ केभी, ४५ एमभीए ट्रान्सफर्मर चार्ज गर्न जग निर्माण भइरहेको छ । सो स्थानमा रहेको ११ केभीको संरचना हटाउने कार्यका लागि लाइन सटडाउन गर्नुपर्ने आयोजनाले जानकादी दिएको छ ।

सो क्रममा टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको टेकु चःमती फिडर र टेकु ताहाचल फिडरमा विद्युत् सेवा बन्द हुने प्राधिकरणले जानकारी दिएको छ । बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, विजेश्वरी, चःमती, भगवान पाउ, डल्लु आवास र जनसेवा मार्ग क्षेत्रमा सेवा प्रभावित हुनेछ ।

यसैगरी, सोही समयमै कालीमाटी, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्म, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल र कलश अपार्टमेन्ट क्षेत्रमा पनि विद्युत् आपूर्ति प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit