विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ९.९ मेगावाटको हेवाखोला-ए साना जलविद्युत् आयोजना निर्माण गरिरहेको ह्याबिट्याट पावर कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतामा ह्याबिट्याट पावर कम्पनीका कार्यकारी अध्यक्ष बटु लामिछाने तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे । कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने जनाएको छ ।

७० प्रतिशत काम पूरा भएको आयोजनाबाट चालू आर्थिक वर्षको चैतसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । प्रतिमेगावाट १९ करोड रुपैयाँमा आयोजनाको निर्माण पूरा गर्ने कम्पनीकाे योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३