विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रो पावर लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन गर्न लगेको हो । 

जारी पूँजी २२ करोड मध्येको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० हजार कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका (साविक घनपोखरा गाविस वडा नम्बर १ र २  खुदी गाविस वडा नम्बर ३, ताघ्रिङ गाविस वडा नम्बर ४, घरेमु गाविस वडा नम्बर ५, बाहुन डाँडाँ गाविस वडा नम्बर ६, भुलभुले गाविस वडा नम्बर ७ र ८ र सिमपानी गाविस वडा नम्बर ९ का बासिन्दाहरूका लागि निष्कासन गरिएको हो ।

बाँकी २९.५५ प्रतिशत अर्थात ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात ६५ हजार कित्ता सेयर वैदेशिक रोजागारीमा गएका नेपाली नागरिकका लागि बिक्री खुल्ला गरेको कम्पनीले जनाएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ ।

प्रभावित स्थानीयले छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा ३० गतेसम्म आवेदन सक्नेछन भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले जेठ १६ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit