विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डिभेलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले बोलकबोल मार्फत संस्थापक सेयर बिक्री गर्ने भएको छ। एचआइडिसिएलले यसअघि पनि बिक्रीमा राखेको तर बिक्री नभएको सेयर पुन बिक्री गर्न लागेकाे हाे ।

 ३ करोड ३० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो। यो सेयर खरिद गर्न इच्छुक व्यक्ति, संस्था वा कम्पनीले आगामी असार ३ गतेबाट १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । तर दशमलवमा आउने गरी आववेदनदिन नपाइने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यनपिटलले जनाएको छ। 

यस्तै ५ लाख रुपैयाँ सम्म स्वेच्छि रुपमा र पाँचलाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा प्यान नम्बर आवेदनमा उल्लेख गर्नु पर्नेछ।  बोलपत्रआवेदन फारम ग्लोबल आईएमई क्यापिटल लिमिटेड नक्साल काठमाडौं र ग्लोबल आईएमई बैंकका शाखाकार्यालयहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ। 

कम्पनीले  यस अघि सेयर २०७८ साउन ५ गतेदेखि भदौ ८ गतेसम्म सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । तर उक्त समय संस्थापक सेयर बिक्री भएन।

त्यसपछि कम्पनीको गत वर्षको माघ २० गते, बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले यसअघि आवेदन गर्नुपर्ने न्यूनतम सीमा उच्च भएका कारण बिक्री नभएको भन्दै पुन बिक्री खुलाउने निर्णय गरेकाे थियाे । 

त्यससपछि पुन कम्पनील फागुन १ गतेदेखि फागुन १५ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गर्दै आवेदन खुलायो । 
तर उक्त सेयरमा पनि प्रयाप्त आवेदन नपरेपछि कम्पनीले पुन असारबाट निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३