काठमाडौं । सिन्धुपाल्चोकमा ३६ मेगावाटको माथिल्लो बेलफी ‘ए’ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बलेफी हाइड्रो पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हालको चुक्ता पूँजीको १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
फागुन १२ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैंठकले ऋण चुक्ता गर्नका लागि हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीको आयोजनाले गत कात्तिकदेखि बिजुली उत्पादन गरिरहेको छ ।
यो आयोजनाको विद्युत २२ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको लामोसाँघु सबस्टेसनमा जोडिनेछ । यो आयोजना करिब ७ अर्ब रुपैयाँमा सम्पन्न भएको छ । आयोजनामा ३० प्रतिशत स्वपूँजी तथा बाँकी ७० पतिशत ऋण लगानी छ ।