काठमाडौं । ईङवा हाइड्रो पावर कम्पनीले १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ताप्लेजुङमा निर्माणाधीन ९.७ मेगावाटको माथिल्लो ईङवा खोला जलविद्युत आयोजनाको सर्वसाधारण र स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँमा अंकित १९ करोड ६० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन गरी बाँडफाँड गर्न नेपाल एसबीआई मर्चेन्ट बैकिङलाई बिक्री प्रबन्धक चयन गरिएको छ ।
बिक्री प्रबन्धक चयन सम्झौतामा बैकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र कम्पनीका तर्फतबाट सञ्चालक न्यौपानेले हस्ताक्षर गरे । कम्पनीले दार्जुलामा माथिल्लो ईङवा खोला जलविद्युत आयोजना निर्माण गरिरहको छ ।