विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । केही दिनदेखि परिरहेकाे लगातारकाे झरीका कारण आएको बाढी पहिरोले विद्युतीय संरचनामा क्षति पुग्दा तनहुँका ८ हजार घरधुरीकाे विद्युत सेवा अवरुद्ध हुन पुगेकाे छ । वर्षासँगैकाे बाढी र पहिराेले वितरण लाइनका पाेल ढलेकाले विद्युत सेवा अवरुद्ध हुन पुगेकाे हाे। 

भारी वर्षाले वितरण लाइनको २८ वटा  पोलमा क्षति पुगेको  नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख सोभितबहादुर क्षेत्रीले बताए । ‘लगातार वर्षा हुँदा जमिन गिलो भई धेरै पोल ढलेका छन् । केही बाढीमा बगेका पनि छन् ’ उनले ऊर्जाखबरसँग भने, ‘क्षतिग्रस्त संरचनाकाे मर्मत गरी विद्युत सेवा सुचारु गर्न ३/४ दिनकाे समय लाग्ने देखिन्छ।’

निरन्तरकाे झरीले व्यास नगरपालिकाका १३ वटा पोलमा क्षति पुर्याएको छ । वोटेगाउँमा एउटा, छाब्दीमा ४ वटा , देउराली, छिकर्ने र जौवारीमा ८ वटा पोलमा क्षति पुगेको पनि क्षेत्रीले बताए ।

यस्तै, भानु गाउँपालिकामा ११ पोलमा क्षति पुगेको छ । साँझबोटेमा ४ वटा, तुरतुरेमा ३ वटा, वरभन्ज्याङमा २ वटा र पोखरीछापमा एउटा पोलमा क्षति पुगेकाे उनले जानकारी दिए ।  बन्दिपुर गाउँपालिकाको भैसेखारमा पनि ४ वटा पोल ढलेका छन् । 

क्षतिग्रस्त संरचनाकाे मर्मत गरी विद्युत सेवा सुचारु गर्न प्राविधिकहरु खटिएकाे क्षेत्रीले बताए । यस वितरण  केन्द्र अन्तर्गत करिब ३९ हजार ग्राहकले विद्युत सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३