विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं केही दिनदेखि परिरहेकाे लगातारकाे झरीका कारण आएको बाढी पहिरोले विद्युतीय संरचनामा क्षति पुग्दा तनहुँका ८ हजार घरधुरीकाे विद्युत सेवा अवरुद्ध हुन पुगेकाे छ । वर्षासँगैकाे बाढी र पहिराेले वितरण लाइनका पाेल ढलेकाले विद्युत सेवा अवरुद्ध हुन पुगेकाे हाे। 

भारी वर्षाले वितरण लाइनको २८ वटा  पोलमा क्षति पुगेको  नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख सोभितबहादुर क्षेत्रीले बताए लगातार वर्षा हुँदा जमिन गिलो भई धेरै पोल ढलेका छन् । केही बाढीमा बगेका पनि छन् उनले ऊर्जाखबरसँग भने, ‘क्षतिग्रस्त संरचनाकाे मर्मत गरी विद्युत सेवा सुचारु गर्न / दिनकाे समय लाग्ने देखिन्छ

निरन्तरकाे झरीले व्यास नगरपालिकाका १३ वटा पोलमा क्षति पुर्याएको वोटेगाउँमा एउटा, छाब्दीमा ४ वटा , देउराली, छिकर्ने जौवारीमा वटा पोलमा क्षति पुगेको पनि क्षेत्रीले बताए

यस्तै, भानु गाउँपालिकामा ११ पोलमा क्षति पुगेको साँझबोटेमा ४ वटा, तुरतुरेमा ३ वटा, वरभन्ज्याङमा २ वटा  पोखरीछापमा एउटा पोलमा क्षति पुगेकाे उनले जानकारी दिए ।  बन्दिपुर गाउँपालिकाको भैसेखारमा पनि  वटा पोल ढलेका छन् । 

क्षतिग्रस्त संरचनाकाे मर्मत गरी विद्युत सेवा सुचारु गर्न प्राविधिकहरु खटिएकाे क्षेत्रीले बताए  यस वितरण  केन्द्र अन्तर्गत करिब ३९ हजार ग्राहकले विद्युत सेवा लिँदै आएका छन्

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३