विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेडले स्थापनाकालको ५९ वर्ष पार गरी ६०औं वर्षमा प्रवेश गरेको छ । आज सम्पन्न भएको वार्षिकोत्सवमा साल्ट ट्रेडिङले उपभोक्तालाई शुद्ध र सहुलियत खाद्य तेल उपलब्ध गराउन एस.टी.सि ब्रान्डको तेल उत्पादन गर्ने लक्ष्य लिएको छ ।  

सहुलियत दरमा कर्पोरेसनले उपभोक्ताहरुको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गर्दै आएको प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् । उनका अनुसार सरकाले सुम्पेको सामाजिक उत्तरदायित्वको कार्यलाई अझै प्रभावकारी बनाउने योेजना रहेको छ । 

‘आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भुमिका निर्वाह गर्ने र विषम परिस्थितिका बाबजुद पनि आम उपभोक्ताको सेवामा सदैव सक्रिय रहने छ’ उनले भनिन । कृषि विकासमा योगदान पुर्याउने उद्देश्य अनुसार अनुदानित मलमा मात्र सीमित नभई गैर अनुदानित मल आयत गरी बिक्री वितरण गरिरहेको उनले बताइन ।

कर्पोरेसनले यस वर्षको लक्ष्मीदास बाल हितकारी पुरस्कारको लागि श्री निसहायक बालबालिका सेवा आश्रम इटहरीलाई छनौट गरी ताम्रपत्र सहित ७५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ । वार्षिकोत्सवको अवसरमा संस्थामा अधिकृत स्तरमा रही उल्लेखनीय काम  गर्ने कर्मचारी सबल रिजाल, सहायक स्तरमा काजीबहादुर पराजुली र स्तरबीहीनमा मंगल बहादुर लामालाई इश्वरलाल श्रेष्ठ पुरस्कारबाट उत्कृष्ठ सेवा पुरस्कार सम्मानपत्र सहित ३५ हजार प्रदान गरेकाे छ । 

यस्तै,  हेम बहादुर मल्ल पुरस्काबाट अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने कर्मचारी विष्णु प्रसाद न्याैपाने , सहायक स्तरमा रही उल्लेखनिय काम गर्ने  तेजबहादुर कार्की र स्तरबीहीनमा रही  काम गर्ने राधेश्याम खड्कालाइर्  ३० हजार नगद सहित सम्मान प्रदान गरेकाे छ ।

कर्पोरेसनले एस.ई.ई मा उत्कृष्ट अंक ल्याएका कर्मचारीका छोराछोरीलाई पनि  सम्मान सहित पुरस्किृत गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit