विद्युत अपडेट

  • प्राधिकरण : ८६३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५८७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८६९४ मे.वा.घन्टा
  • आयात : ३३०२ मे.वा.घन्टा
  • निर्यात : १४८७ मे.वा.घन्टा
  • ट्रिपिङ : १२१० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७१९ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १९०१ मे.वा.
२०८२ जेठ ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । भारत र पाकिस्तानबीच जारी युद्धका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति असहज हुने हो कि भन्ने आशंका बढिरहँदा इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नअत्तालिन आग्रह गरेको छ । आइओसीले सामाजिक सञ्जाल एक्सको आफ्नो एकाउन्टमार्फत यस्तो आग्रह गरेको हो । 

उसले भनेको छ, ‘देशभर (भारतमा) पेट्रोल डिजेल तथा एलपिजीको उपलब्धता पर्याप्त छ । हाम्रो आपूर्ति शृङ्खला सुचारु रुपले चलिरहेको छ । सबै खुद्रा वितरण केन्द्रहरुमा इन्धन तथा एलपिजी सहज रूपमा उपलब्ध छ ।’ 

उसले अत्तालिएर थप भण्डारण गर्ने मनसायले इन्धन नकिन्न पनि उपभोक्तालाई आग्रह गरेको छ । ‘आत्तिएर अतिरिक्त इन्धनको खरिदबाट बच्नुहोस्,’ आइओसीले भनेको छ, ‘अनावश्यक भीडबाट बच्नुका साथै शान्त भई पेट्रोलियम खरिद गर्नुहोस् ।’ 

नेपालमा पनि भारतबाटै पेट्रोलियम इन्धन आयात हुने गरेको छ । नेपाल आयल निगम (एनओसी) ले आइओसीबाट इन्धन आयात गर्दै आएको छ । भारतमा अभाव भएको अवस्थामा त्यसको असर नेपालमा समेत पर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३