विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले डिजेल/पेट्रोलबाट चल्ने सवारी विस्थापित गरी विद्युतीय सवारीको आयात प्रवर्द्धन गर्ने नीति लिए पनि आयातको अवस्था भने ठीक उल्टो देखिएको छ । चालू आर्थिक वर्षको पहिलो ७ महीनाको अवधिमा नेपालमा विद्युतीय सवारीसाधनको आयात आधाले घटेको छ भने डिजेल÷पेट्रोलबाट चल्ने सवारीसाधनको आयात ६० प्रतिशतले बढेको छ ।

यस अवधिमा कुल २ हजार ५१ विद्युतीय सवारीको आयात भएको छ । यसमा १०३ वटा मात्र विद्युतीय जीप, कार भ्यान आयात भएको छ । अरू तीनपांग्रे अटोरिक्सालगायत सवारी रहेका छन् । अघिल्लो वर्ष कुल ४ हजार २०४ विद्युतीय सवारीसाधन आयात भएको थियो । यसमा जीप, कार र भ्यानको तथ्यांक एकै ठाउँमा राखिएका कारण यसको छुट्टै तथ्यांक छैन ।

अटोमोबाइल व्यवसायीको छाता संगठन नेपाल नाडा अटोमोबाइल एशोसिएशनका अनुसार अघिल्लो वर्षको पहिलो ६ महीनाको अवधिमै ६ सयभन्दा बढी जीप, कार र भ्यान आयात भएको थियो । सातौं महीनाको तथ्यांक भने नाडासँग पनि ई–रिक्सासहितको मिश्रित नै भेटिएको छ ।

विद्युतीय सवारीको आयात घटे पनि यस वर्ष डिजेल/पेट्रोलबाट चल्ने सवारीको आयात भने बढेको छ । यस अवधिमा बसबाहेक जीप, कार भ्यान, मोटरसाइकल र ट्रकलगायत सवारीसाधनको आयात बढेको छ ।

नाडाका महासचिव सुनील रिजालका अनुसार सरकारले विद्युतीय सवारीमा गरेको कर वृद्धिका कारण यस्तो सवारीको आयात घटेको हो । सरकारले गत जेठमा बजेटमार्फत विद्युतीय सवारीको भन्सार १० प्रतिशतबाट वृद्धि गरेर ८० प्रतिशत पुर्‍याएको थियो । यद्यपि, पछि अन्तःशुल्क तथा कर छूट दिने निर्णय भएको थियो ।

अहिले पनि विद्युतीय सवारी आयातमा ४० प्रतिशतसम्म कर रहेकाले यसको आयात घटेको रिजालले बताए । उनले भने, ‘विद्युतीय सवारीको मूल्य नै महँगो पर्छ, त्यसमाथि कर पनि थोपरेपछि धेरै महँगो पर्ने भयो । त्यसैले माग नभएर आयात घटेको हो ।’

बैंकबाट कर्जा लिने प्रक्रिया पनि झन्झटिलो भएर विद्युतीय सवारीको आयात बढ्न नसकेको व्यवसायी बताउँछन् । २ वर्षअघि ४ ओटा विद्युतीय बस सञ्चालनमा ल्याएको सुन्दर यातायात प्रालिले २५ ओटा विद्युतीय बस ल्याउने घोषणा उतिबेलै गरेको हो । गतवर्ष कोरोनाका कारण रोकिएको आयात प्रक्रिया मङ्सिरदेखि नै अघि बढाउने खोजेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

तर, विद्युतीय बस आयातका लागि बैंक कर्जा प्राप्त गर्नै कठिन भएपछि आयात गर्न नसकिएको उनको भनाइ छ । ‘ठूलो कसरतपछि बल्ल आज (मंगलवार) मात्रै कर्जा दिन बैंक तयार देखिएको छ,’ उनले भने ।

कोरोनापछि डिजेल/पेट्रोलयुक्त सवारीसाधनको आयात भए पनि यो सीमित समयका लागि मात्र भएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल बताउँछन् । बन्दाबन्दीका कारण १० महीनादेखि रोकिएको बजार खुलेको र बैंकमा तरलता अधिक भएकाले तत्काल सवारीको आयात बढेको हो तर यो दिगो नभएको उनी बताउँछन् ।

आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit