विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एनएमबी बैंकले ‘अफ दि इयर एसिया २०२१’ अवार्ड प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएको बैंकले यो अवार्ड पाएको हो । बेलायतस्थित इङ्लेण्डको लण्डनबाट प्रकाशित हुने ‘दि बैंकर’ नामक म्यागेजिनले यो अवार्ड बैंकलाई प्रदान गरेको हो । ‘दि बैंकर’ म्यागेजिनका निर्णायक मण्डलले एनएमबीलाई एसियाको उत्कृष्ट बैंककोरूपमा छनोट गरेको हो ।

प्रतिस्पर्धामा एनएमबीले एसियाका चीन, भारत, हङकङ, दक्षिण कोरिया, जापानलगायत विकसित देशलाई पछि पारेको छ । ‘द बैंकर’ म्यागजिनले लण्डनमा अवार्ड दिने घोषणा गरेकै दिन बुधबार राजधानीमा कार्यक्रम गरी एनएमबी अवार्डका लागि छनाेट भएकाे घाेषणा गरिएकाे हाे । प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट बैंकका अध्यक्ष, सञ्चालक समिति सदस्यहरू र प्रमुख कार्यकारी अधिकृतले उपाधि ग्रहण गरे ।

‘द बैंकर’ म्यागजिनले हरेक वर्ष सबै महादेशका सर्वोत्कृष्ट बैंकलाई छुट्टा छुट्टै यो अवार्ड प्रदान गर्दै आएको छ । नेपालली बैंकले पहिलो पटक यो अवार्ड प्राप्त गरेको हो । एनएमबीलाई बैंकिङ सेवा दिगो र गुणस्तरीय बनाउन गरेको योगदान, डिजिटल बैंकिङ तथा उच्च कर्पोरेट कार्याशैलीका आधारमा अवार्डका लागि छनोट गरिएको हो ।

यो सँगै एनएमबीले ‘बैंक अफ दि इयर २०२१’ अवार्ड पनि जितेको छ । एनएमबीले पहिलेदेखि नै अन्तर्राष्ट्रिय अवार्ड पाउँदै आएको छ । यस पटक प्राप्त गरेको यो उसको पाँचौं वर्षमा चौंथो अवार्ड हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit