काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाईमा नबिल बैंकको लगानीमा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १०० शैयाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल बन्ने भएको छ । बैंककाे २ अर्ब ५४ करोड रूपैयाँसम्मको कर्जा लगानीमा हस्पिटल बन्ने भएकाे हाे ।
कर्जा लगानी सुविधा स्वीकृतका लागि बैंक र हस्पिटलबीच सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ । हस्पिटल निर्माण गर्न निफ्राले १ अर्ब ५४ करोड तथा नबिलले १ अर्ब सम्म लगानी गर्नेछन् ।
परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको हस्पिटलका अध्यक्ष कमल भण्डारीले बताए । उनका अनुसार परियोजना निर्माण कार्य समयमै सम्पन्न गरि व्यवसायीक संचालन सुरु गरिनेछ । उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्ट्रिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।