विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । बैंक र कम्पनीबीच रेमिटेन्स (विप्रेषण) सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका तर्फबाट प्रेसिडेन्ट/अध्यक्ष रुद्र शर्माले हस्ताक्षर गरे । साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथी–भाइ र प्रियजनलाई सुरक्षितरुपमा रकम पठाउन सक्नेछन् ।

रेमिटेन्स गर्ने वित्तिकै नेपालभरका १५ हजार भन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत रकम प्राप्त गर्न सक्नेछन् । ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरुको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिन्छ ।

बैंकले आफ्नाे रेमिटेन्स/विप्रेषण ग्राहकहरुका लागि रेमिटरहरुका लागि विशेष विशेषता सहितको बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी÷विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवाहरु, र विशेष सरल कर्जा सुविधाहरु लगायतका थुप्रै सुविधा सहितका विस्तारित सेवाहरु प्रदान गर्दै आईरहेको छ । यसका साथै बैंकले आफ्नो रेमिटेन्स सहयोग केन्द्र मार्फत् सबै रेमिटेन्स सम्बन्धी प्रश्नहरुका लागि प्राथमिकता सेवा सम्बन्धि सहयोग समेत प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit