विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । जलविद्युत् आयोजनाका लागि आवश्यक उपकरण उत्पादन, बिक्री–वितरण, आपूर्ति र जडानको काम गर्दै आएको बहुराष्ट्रिय कम्पनी ट्रोयर हाइड्रो प्रालिले नेपालमा आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सव तथा ‘कस्टमर डे’ मनाएको छ । इटलीमा मुख्य कार्यालय रहेको कम्पनीले नेपालको जलविद्युत् विकास र यहाँको बजारलाई लक्षित गर्दै आइतबार यहाँ वार्षिकोत्सव मनाएको हो ।

केही समय अगाडि इटलीमा वार्षिकोत्सव मनाएर नेपाल आएका कम्पनीका उच्च अधिकारीहरूले गुणस्तरीय उपकरण तथा प्राणलीको आपूर्ति तथा जडानसहितका सम्पूर्ण सेवा उपलब्ध गराउने र यसलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने कम्पनीले प्रतिबद्धता जनाए । कार्यक्रममा ट्रोयरका प्रबन्ध निर्देशक स्टेफन ट्रोयरले कम्पनीको विरासत, वर्तमान अवस्था र आगामी कार्यदिशाबारे जानकारी दिँदै आफ्ना हजुरबुबाले ९० वर्षअघि सन् १९३४ मा सानो कोठाबाट कम्पनीको स्थापना गरेको स्मरण गरे ।

हजुरबुबाको अथक मिहिनेत तथा आफ्ना काकासहित परिवारका अन्य सदस्य तथा आफूले कम्पनीलाई हालको अवश्थामा ल्याइपुर्‍याएको बताए । कम्पनीले हालसम्म इटाली, स्वीटजरल्यान्ड र भारतको नयाँ दिल्लीमा पूरै एसिया हेर्ने गरी आफ्ना शाखा विस्तार गरिसकेको र नेपालमा सन् २०२३ मै ट्राेयर नेपाल नामको कम्पनी स्थापना भई हाल कार्यालय व्यवस्थापनको काम भइरहेको उनले बताए ।

‘नेपाल हेर्ने टिम तयार भइसकेको छ, कम्पनी दर्ताको प्रक्रियामा समेत गइसकेको छ,’ उनले भने, ‘नेपालमा गुणस्तरीय उपकरण तथा सेवा प्रवाह गर्न कम्पनीले भरभग्दुर मेहनत गरिरहेको छ । हामी गुणस्तर र सेवामा कुनै खालको सम्झौता नगरी काम गर्ने बाचा गर्छौँ ।’ नेपाली सेवाग्रहीको मन जित्ने गरी काम अगाडि बढाइएको पनि उनको जोड थियो ।

यसैगरी, ट्रोयर हाइड्रो एसियाका प्रबन्ध निर्देशक पवन ढकालले नेपाल प्रवेशको छोटो समयमै कम्पनीले नेपाली बजारमा आफ्नो बलियो उपस्थिति बनाइसकेको बताए । ९.०५ मेगावाटको सुपर चेपे खोला जलविद्युत् आयोजनाले शुरूमै ट्रोयरका उपकरण आपूर्ति तथा जडानको मौका दिएकोमा खुसी व्यक्त गरे ।

‘नेपालमा काम शरू गरेको ३ वर्षमै कम्पनीले १३ वटा आयोजनामा उपकरण आपूर्ति र जडानको काम पाएको छ, यो हाम्रो प्रयास, गुणस्तरीय सेवा र नेपाली बजारले हामीप्रति गरेको विश्वास नै हो,’ उनले भने, ‘सुपर चेपे सञ्चालनमा आउने वित्तिकै अर्को ११ मेगावाटका लागि उपकरण आपूर्तिको जिम्मेवारी पाएको छौँ, यो ज्यादै खुसीको कुरा हो ।’

नेपाली बजारमा ट्रोयरका विषयमा विभिन्न हल्ला सुनिएकोतर्फ इंगित गर्दै ढकालले भने, ‘हामी जलविद्युत् आयोजनालाई उपकरण बेचेर भाग्न आएका होइनौँ । गुणस्तरीय सामानको आपूर्ति, जडान तथा जलविद्युत् आपूर्तिकाका सम्पूर्ण कार्यमा सहकार्य गर्दै नेपालको विद्युत् विकासलाई सहयोग गर्ने उद्देश्यका साथ आएका हौँ ।’

जलविद्युत् आयोजनामा उपकरण जडान तथा प्रणाली आपूर्ति र जडानपछि आइपर्ने मर्मत, परामर्शलगायत सानातिना सम्पूर्ण समस्या समाधान गर्न आफूहरूले काठमाडौँमै एउटा ‘वेयर हाउस’ स्थापनाको कामसमेत अघि बढाइसकेको र हाल यसका लागि आवश्यक जग्गाको खोजी भइरहेको पनि ढकालले जानकारी दिए ।

कार्यक्रममा सुपर चेपेका सञ्चालक रेवन्तकुमार रावतले ट्रोयरको गुणस्तरीय उपकरण र सेवाबाट आफूहरू सन्तुष्ट भएको बताए । ‘इलेक्ट्रो मेकानिकल उपकरण खरिद गर्नका लागि बजारमा अरू पनि कम्पनी थिए तर केही नयाँ र गुणस्तरीय उपकरणको आपूर्ति गर्छ भनेर हामीले ट्रोयरलाई विश्वास गर्‍यौँ,’ उनले भने, ‘साँच्चै ट्रोयरका उपकरण खरिद तथा छिटो छरितो सेवाबाट हामी सन्तुष्ट छौँ ।’

उपकरण आपूर्ति र जडानमा कम्पनीले अन्य उपकरण तथा संरचनाको निर्माण तथा जडानमा भन्दा चाँडो र गुणस्तरीय काम गरेको समेत रावतले जानकारी गराए । आगामी दिनमा कम्पनीले उपकरण, प्रणाली तथा सेवाको गुणस्तर कामय राख्दै मूल्यलाई पनि केही प्रतिस्पर्धी बनाउन सके नेपाली जलविद्युत् प्रवर्द्धकका लागि निकै लाभदायी हुने उनको भनाइ थियो ।

नेपालको सेवा तथा यहाँ आइपर्ने कतिपय जटिलतालाई कम्पनीले अहिले प्रभावकारी रूपमा केन्द्रीय कार्यालयबाटै हेरिरहेकोमा अब भारत तथा नेपालमै त्यसका शाखा विस्तार गरी अझ चुस्त बनाएको जनाइएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्की अन्य इपान पदाधिकारीसहित २ सय जनाभन्दा बढी प्रवर्द्धक, लगानीकर्ता तथा जलविद्युत् क्षेत्रका सरोकारवालाहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३