विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युतमा लगानी गर्दै आएको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले २०७७/७८ को संचित मुनाफाबाट आफ्नो सेयरधनी सदस्यलाई लाभांस र बोनस सेयर दिन लागेको हो ।

चुक्ता पुँजीको ८ प्रतिशत अर्थात १ अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.४२१ प्रतिशत अर्थात ७ करोड ८७ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कम्पनीको वार्षिक साधारणसभाले प्रस्ताव पारित गरेपछि लाभांस र बोनस सेयर वितरण गरिनेछ ।

कम्पनीले हालसम्म ४ सय ७६ मेगावाटका १३ आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी गरेको छ । ती मध्ये ९०.६ मेगावाटका ४ आयोजना सञ्चालनमा आइसकेका छन् ।

हालसम्म कम्पनीले १५ सय ४० मेगावाटका ५ आयोजना र ४ सम्बन्धित कम्पनीहरूमा ९ अर्ब ४५ करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । पावर चाइनासँगको सहकार्यमा १ सय ५६ मेगावाटको माडी जलाशय र ७ सय ५६ मेगावाटको तमोर जलाशय निर्माण गर्न सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit