विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडकाे हकप्रदमा अवितरित १३ लाख कित्ता सेयर कात्तिक २९ गतेदेखि लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि निष्कासन गरी बिक्री नभएको १३ लाख ५ सय २७ कित्ता सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि असोज ६ गतेदेखि असोज २५ गतेसम्मका लागि ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रदमा रितपूर्वक आवेदन दिने ३८ हजार ५ सय ५ जना सेयरधनीलाई ८२ लाख ३५ हजार २ सय ३३ कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेकाे १३ लाख ५ सय २७ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले खुल्ला गर्न लागेकाे लिलामी सेयरमा लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम पुरै कित्ताका लागि आवेदन दिन पाउँनेछन् । आवेदकले बोलपत्र पेस गर्दा न्यूनतम सय रुपैयाँ वा सो भन्दा बढी बोलकबोल गर्नुपर्नेछ । आवेदकले मंसिर ८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीको लमजुङमा ४।४ मेगावाटको राधी विद्युत स्मल जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७१ जेठ ३१ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले विगत वर्षहरुदेखि नै सेयरधनीहरुलाई बोनस, नगद, लाभांश, प्रतिफल दिँदै आएको छ । अहिले दोस्रो बजारमा कम्पनीको सेयर किनबेचलाई आकर्षणको रुपमा हेर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit