विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको बोनस सेयर मंगलबार (हिजो) सूचिकृत भएको हो ।

गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनी सदस्यलाई वितरण गरेको  १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ३ लाख ९० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

कम्पनीले यसअघि २०७४/७५ को नाफाबाट ४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो । तर, साधारणसभा हुन नसक्दा पारित नभएपछि खारेज भएको थियो । उक्त ४ प्रतिशत बोनस सेयर समेत समावेश गरी अहिले १५ प्रतिशत बोनस सेयर वितरण गरिएको कम्पनीले जनाएको छ ।

बोनस सेयर, सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । कम्पनीको दोलखामा ३.५२ मेगावाटको चरनावती खोला जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाबाट २०७० जेठदेखि विद्युत उत्पादन भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३