images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिरकणले भारतबाट १ वर्षमा करिब साढे २२ अर्ब रुपैयाँको विद्युत आयात गरेको छ । विद्युतको माग र आपूर्ति व्यवस्थापन मिलाउन भारतलाई यति मूल्य तिरेर विद्युत आयात गरिएको हो ।

यो आयात परिमाण अघिल्लो वर्षको तुलनामा ६७ प्रतिशतले बढी भएको प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रातिवेदनका अनुसार अघिल्लो वर्ष १३ अर्ब ४२ करोड ५० लाख रुपैयाँको विद्युत भारतबाट आयात गरिएकोमा गत वर्ष यो भन्दा ९ अर्ब ५ करोड ५० लाख रुपैयाँ बढीको विद्युत प्राधिकरणले भारतसँग किनेको हो । 

प्राधिकरणले भारतलाई तिरेको रकम निजी ऊर्जा उत्पादकसँग विद्युत खरिद गरेको भन्दा साढे ३ अर्ब रुपैयाँ बढी हो । प्राधिकरणले निजी ऊर्जा उत्पादकबाट गत वर्ष करिब १९ अर्ब रुपैयाँको विद्युत खरिद गरेको थियो ।

निजी क्षेत्रलाई प्राधिकरणले विद्युत खरिद गरे बापत तिर्नुपर्ने रकम भने घटेको छ । अघिल्लो वर्ष निजी ऊर्जा उत्पादकले प्राधिरकणलाई विद्युत बिक्री गरेर गर्ने २ अर्ब ७१ करोड १४ लाख रुपैयाँ आम्दानी घटेको हो । यो अघिल्लो आर्थिक वर्षकोभन्दा १२.५१ प्रतिशत कम हो ।

सुख्खा याममा निजी ऊर्जा उत्पादकका जलविद्युतगृहको उत्पादन जडित क्षमताको २० प्रतिशत हाराहारीमा झरेपछि विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी घट्न गएको हो । यही कारण भारतबाट हुने आयात परिमाण बढेको देखिन्छ ।

बर्खा यामको आयात नगन्य भए पनि हिउँदमा इतिहासकै बढी विद्युत गत आर्थिक वर्षमा प्राधिकरणले  भारतबाट खरिद गरेको छ । कात्तिकसम्म आन्तरिक उत्पादनले माग व्यवस्थापन सहज थियो । मंसिरपछि भने विस्तारै आयात परिमाण बढ्दै गएको देखिन्छ । 

नदी तथा खोलामा पानीको सतह कम भई आन्तरिक उत्पादन घटेपछि आयात परिमाण ह्वात्तै बढेको थियो । प्राधिकरणले मध्य बैशाखसम्म नै भारतबाट अधिकतम विद्युत आयात गरी माग व्यवस्थापन गरेको थियो । 

गत आर्थिक वर्षमा नदी तथा खोलामा पानीको सहत कम हुँदा निजी क्षेत्रको उत्पादन २१२ मेगावाटसम्म झरेको थियो । प्राधिकरणको उत्पादन पनि ४ सय मेगावाटमा सिमित हुन पुगेको थियो । प्राधिकरणले हिउँदमा अधिकतम साढे ८ सय मेगावाटसम्म विद्युत भारतबाट आयात गरेर माग र आपूर्ति व्यस्थापन गरेको थियो ।

बर्खामा आन्तरिक उत्पादन बढी भई भारततर्फ विद्युत निर्यात भइरहेकोमा हिउँदको विद्युत माग व्यवस्थापन गर्न अझै केही वर्ष भारतमा निर्भर हुनुपर्ने बाध्यता छ । अहिले बर्खामा सबै जलविद्युतगृहले जडित क्षमताअनुसार नै विद्युत उत्पादन गरिरहेकाले बढी भएको विद्युत १३२ केभी रक्सौल–परवानीपुर, कुशाहा–कटैयालगायत विन्दुबाट भारततर्फ पनि गएरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit