विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई नेपाल स्काउटसँग जोडेर गलत आरोप लगाइएको बताइएको छ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जित र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिका अध्यक्ष विकल थापा क्षेत्रीले बुधबार संयुक्त विज्ञप्ति जारी गरी उक्त कुरा बताएका हुन् ।

मन्त्री खड्कालाई जोडेर व्यक्तिगत लाञ्छना लगाउने एवम् व्यक्तिगत चरित्रमाथि समेत प्रहार गर्ने नियोजित उदेश्यले भ्रामक एवम् तथ्यहिन कुरा बाहिर ल्याइएकोमा उनीहरूले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ- ऊर्जा मन्त्री खड्का विगत दुई वर्षदेखि खड्का ल्याण्ड डेभलप्मेण्ट प्रालिसँग सम्बन्धित नरहेको कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगतको जानकारी प्राप्त हुन आएको छ । यसो हुँदा उहाँको व्यक्तिगत चरित्रमाथि प्रहार भएको छ । विगतमा संस्थागतरूपमा नेपाल स्काउट तथा खड्का ल्याण्ड डेभलप्मेण्टबिच व्यावसायिक असमझदारी भए पनि पछिल्लो समयमा उक्त असमझदारीलाई पूर्ण रूपमा निराकरण गर्ने उदेश्यले दुवै पक्षका जिम्मेवार प्रतिनिधिबीच निरन्तर भेटघाट, छलफल तथा संवाद चलिरहेको र समाधान निकट पुगिसकेको छ ।

दुई पक्षबीच यसअघि सम्झौता भएबमोजिम बहालबापतको बक्यौता हिसाब सम्पन्न भई विभिन्न समयमा बक्यौता रकम दाखिला भइरहेको र बाँकी सावाँ रकम आगामी दश दिनभित्र दाखिला गरिसक्ने सम्झौता भएको पनि विज्ञप्तिमा उल्लेख छ । दुई पक्षबीच आपसी समझदारीमा निराकरण उन्मुख विषयप्रति न्यूनतम जानकारी समेत नराखी प्रचार गर्नु निन्दनीय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३