विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि विभिन्न तहमा कार्यरत १३ कर्मचारीको सरुवा गरेको छ । गत मंसिर २४ गते (बुधबार) भएको निर्णय अनुसार प्राविधिकतर्फ ७ देखि ९ तहमा कार्यरत कर्मचारी सरुवा भएका हुन् ।

९ तह (उप–प्रबन्धक) का ३ जना जना सरुवा भएका छन् । सरुवा हुनेमा स्ट्रक्चरल डिजाइन महाशाखाका नरेशकुमार खड्का छन् । उनलाई हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनामा सरुवा गरिएको प्राधिकरण केन्द्रीय कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

यस्तै, लाहान वितरणका केन्द्रका धिरेन्द्रकुमार यादव र केन्द्रीय वर्कशप, हेटौंडाका प्रमुख सतिशचन्द्र साहको पनि सरुवा भएको छ । यादवलाई विराटनगर प्रादेशिक कार्यालयमा तथा साहलाई ग्रिड विकास विभाग, प्रसारण लाइन तथा सबस्टेसन महाशाखामा सरुवा गरिएको छ । ८ तह (सहायक प्रबन्धक) का ४ जनाको सरुवा गरिएको छ ।

सरुवा हुनेमा महाराजगन्ज वितरण केन्द्र प्रमुख वीरेन्द्रकुमार सिंह, मलंगवा वितरण केन्द्र प्रमुख माधवेन्द्र यादव, बुटवल प्रादेशिक कार्यालयका बुद्धिनाथ झा र सामुदायिक ग्रामीण विद्युतीकरण विभागका राजेन्द्रकुमार चौधरी छन् । सिंहलाई वितरण तथा ग्राहक सेवा निर्देशनालयमा तानिएको छ ।

यादवलाई ग्रिड सञ्चालन विभाग, झालाई हेटौंडास्थित केन्द्रीय वर्कसप (प्रमुख) र चौधरीलाई नुवाकोट वितरण केन्द्र प्रमुखमा सरुवा गरिएको शाखाले जानकारी दिएको छ ।
सरुवा हुने ७ तह (इन्जिनियर) का ६ कर्मचारी छन् । भोजपुर वितरण केन्द्रका रविबाबु घिमिरे वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतको स्मार्ट मिटरिङ स्मार्ट ग्रीड आयोजनामा, ग्रीड सोलार एण्ड इनर्जी इफिसियन्सी आयोजना प्याकेज–९ का हरेन्द्रराय यादव बझाङ वितरण केन्द्रमा, हेल्दुङ्ग वितरण केन्द्रका लालबहादुर लम्साल सामुदायिक ग्रामीण विद्युतीकरण विभागमा सरुवा भएको प्राधिकरणले जनाएको छ । 

यस्तै, अर्घखाँची वितरण केन्द्रका साजनबहादुर ऐडी हल्दुङ्ग वितरण केन्द्रमा, राजविराज वितरण केन्द्रका अनिकुमार चौधरी बैतडी वितरण केन्द्रमा र बझाङ वितरण केन्द्रका राकेशप्रसाद भट्ट पोखरा ग्रीड शाखामा सरुवा भएका छन् । प्राधिकरणले यसअघि मंसिर २१ मा सय जना कर्मचारीको सरुवा गरेको थियो । मंसिर ९ मा ३ सय बढी कर्मचारी सरुवा भएका थिए । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३