काठमाडौँ । एनएमबि बैंक लिमिटेडले भोटेकोसी बाढी प्रभावितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि बैंकले उक्त रकम रकमबराबरको चेक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी अर्थ मन्त्री स्वर्णीम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
बैंकले प्रभावित क्षेत्रका नगरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामाग्री समेत प्रदान गरेको छ । भदौ १० गते अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले जनधनको क्षति हुनुका साथै धेरै घर परिवार विस्थापित भएका छन् भने सडक, स्थानीय पूर्वाधार र जलविद्युत् आयोजनाहरूमा समेत ठूलो असर परेको छ ।
उक्त सहयोगबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनस्र्थापनाका जस्ता कार्यमा सहयोग पुग्ने बैंकले जनाएको छ ।