काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने तयारी गरेको हो ।
डिबेन्चर निष्कासनको लागि बैंक सञ्चालक समितिबाट निर्णय भएको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ । बैंकले ऋण पत्र निष्कासनको लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाइ नियुक्ति गरेको छ ।
नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जानकारी दिएको छ । पुँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा डिबेन्चर निष्कासनले सहयोग पु¥याउने विश्वास गरिएको छ ।
बैंकले हाल देशका सात वटै प्रदेशमा २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।