विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ग्लोबल आइएमई बैंकलाई विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले परामर्श सेवा दिने भएको छ । बैंकलाई आइएफसीले जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रका परामर्श सेवा दिने विषयमा दुई संस्थाबीच समझदारी भएको हो ।

समझदारी अनुसार आईएफसीले बैंकको कर्जा, सञ्चालन र बजार जोखिम तथा सम्पत्ति र दायित्व व्यवस्थापनलाई सुरक्षित गर्न परामर्श दिने, बैंकको जोखिम व्यवस्थापन नीतिलाई अन्तर्राष्ट्रिय स्तरमा कायम जोखिम व्यवस्थापन अभ्यास अनुरुप परिमार्जन गर्ने लगायतका विषयमा परामर्श प्रदान गर्ने छ ।

समझदारी पत्रमा ग्लोबल बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएफसीका दक्षिण एसिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउई बीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।

आईएफसीले जलवायु वित्त क्षमता निमार्णका लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माणका लागि दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ ।

साथै आईएफसीले ग्लोबल आइएमई बैंकलाई स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनाहरू लगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा सो परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा पनि परामर्श दिनेछ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit