विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ७, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । रौतहटको गरुडा नगरपालिकामा ५ मेगावाट क्षमताको ‘गरुडा सौर्य विद्युत् आयोजना’ निर्माण गरिने भएको छ । यसका लागि प्रवर्द्धक कम्पनी सन लाइट रिन्युएबल इनर्जी प्रालिले उत्पादन अनुमतिपत्र माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०८३ असार २६ गते स्वीकृत गरेको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार करिब ४.७५ हेक्टर जग्गामा आयोजनाका मुख्य संरचनाहरू निर्माण गर्ने प्रस्ताव गरिएको छ । आयोजनामा सोलार फोटोभोल्टाइक प्यानलहरूबाट उत्पादन हुने 'डिसी' विद्युत्‌लाई ३०० किलोवाटका १६ वटा र २०० किलोवाटका १ वटा स्ट्रिङ इन्भर्टरमार्फत ५ मेगावाट 'एसी' विद्युत्‌मा रूपान्तरण गरिनेछ ।

यसरी उत्पादित विद्युत्‌लाई ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मानपुर सब-स्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिने छ । आयोजनाबाट वार्षिक औसत ९.८०१ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

२०८३ चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माण तथा सञ्चालनका क्रममा विद्युत् ऐन, २०४९ को दफा २४ बमोजिम भू-क्षय, वायु प्रदूषण जस्ता वातावरणीय प्रतिकूल असर नपर्ने गरी स्वीकृत संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन अनुसार काम गराइने विद्युत् विकास विभागले जनाएको छ ।

आयोजना निर्माण तथा सञ्चालन गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीको कार्यालयमा लिखित राय तथा प्रतिक्रिया पठाउन आह्वान गर्दै विभागले आइतबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३