विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । प्राइम पावर लिमिटेडद्वारा प्रवर्द्धित ३० मेगावाटकाे सौर्य विद्युत् आयोजना विकासमा ग्लोबल आइएमई बैंक लिमिटेडले लगानी गर्ने गरी सम्झता भएको छ । कात्तिक ५ गते सोमबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रवर्द्धक कम्पनीका अध्यक्ष आशिष गर्गले हस्ताक्षर गरेका छन् । कपिलवस्तु जिल्लामा निर्माण हुने आयोजनाबाट उत्पादित विद्युत् चनौटास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत् जोडिने उल्लेख छ । यस विषयमा प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट भइसकेको कम्पनीले जानकारी दिएको छ ।

नेपालमा निर्माणाधीन तथा सञ्चालनमा रहेकामध्ये उक्त सौर्य आयोजना सबैभन्दा ठूलो क्षमताको रहेको कम्पनीका अध्यक्ष गर्गले बताए छ । बैंकले नवीकरणीय र हरित ऊर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप सौर्य तथा जलविद्युत्‌मा सुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको जनाएको छ ।

कूल १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत बैंक र २५ प्रतिशत स्वपुँजी लगानी रहनेछ । गत वर्ष ठेक्का प्रक्रियाबाट छनाेटमा परेको यो आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) प्रतियुनिट ५.८६ रुपैयाँमा भएको छ ।

कपिलवस्तुको शिवनगर नपरपालिकाभित्र ३० बिघा क्षेत्रफलमा निर्माण हुने आयोजनाको काम अबको ३ महिनाभित्र शुरू हुनेछ । प्रवर्द्धक कम्पनी छिट्टै पब्लिकमा जाने र यही कम्पनीले अर्को १० मेगावाटको सौर्य आयोजना समेत विकास गर्ने तयारी गरिरहेको पनि गर्गले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३