विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं  केही दिनदेखिकाे अवीरल वर्षाका कारण विद्युतीय संरचनामा क्षति पुग्दा ३ जिल्लाकाे विद्युत सेवा अवरुद्ध भएकाे छ । नेपाल विद्युत प्राधिकरणकाे ३३ केभी  जलजले-बुईंपा प्रसारण लाइनकाे पाेलमा क्षति पुग्दा खोटाङ, सोलुखुम्बु ओखलढुङ्गा जिल्लाकाे विद्युत सेवा अवरुद्ध हुन पुगेकाे हाे ।

भारी वर्षाले प्रसारण लाइनकाे २ वटा पाेलमा क्षति पुगेपछि मध्यान्ह १२ बजेदेखि विद्युत लाइन काटिएकाे प्राधिकरण दिक्तेल वितरण केन्द्र प्रमुख ललितनारायण चाैधरीले बताए । ‘निरन्तरकाे झरीले जमिन गिलाे हुँदा विद्युत प्रवाह हुने लाइनका पाेल ढलेका छन् , ‘उनले ऊर्जा खबरसँग भने, ‘अहिले ३ जिल्लामा विद्युत लाइन काटिन पुगेकाे छ ।’

प्रसारण प्रणालीकाे  पोल ढल्दा सोलुखुम्बु वितरण केन्द्र अन्तर्गतका करिब हजार सय र दिक्तेल अन्तर्गत २० हजार ग्राहकको सेवा अवरुद्ध भएको ओखलढुङ्गाका करिब  साढे  हजार ग्राहकको विद्युत सेवा बन्द भएको वितरण केन्द्रले जनाएको यस वितरण केन्द्रले थप २५ सय ग्राहकलाई रामेछापको साँगुटारदेखि आउने फिडरबाट विद्युत सेवा दिइरहेकाे छ । 

विद्युत् सेवा अवरुद्ध हुँदा हजारौ सेवाग्राही मारमा परेका छन् विद्युत अभावमा जिल्लामा विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार व्यवसाय प्रभावित भएको । उनले क्षतिग्रस्त लाइनकाे मर्मत गरी अवरुद्ध सेवा सुचारु गराउने काम सुरु भइसकेकाे पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३