विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सप्तरीको तिरहुत गाँउपालिकाले स्थानीय किसानको सिँचाइ मिटरको बक्यौता महसुल नेपाल विद्युत् प्राधिकरणको कञ्चनपुर वितरण केन्द्रलाई बुझाएको छ । तिरहुत गाउँपालिकामा रहेका सम्पूर्ण किसानको सिँचाइ मिटरको आर्थिक वर्ष २०७९र०८० र २०८०र०८१ को हालसम्म बाँकी रहेको ९ लाख ६९ हजार ७९० रूपैयाँ महसुल बुझाएको हो । 

गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन यादवले बताए ।  

कार्यक्रममा गाउँपालिका प्रमुख विजय यादवले आफू पनि किसान परिवारकै सदस्य भएको भन्दै तिरहुतका किसानले आकाशे वर्षामा मात्र भर पर्नु पर्ने अवस्थाको अन्त्य भएको बताए । ‘अब आकाशे खेती गर्नुपर्दैन,’ प्रमुख यादवले भने, ‘प्राधिकरणबाट सिँचाइ मिटर लिँदा सिँचाइ मिटरको महसुल गाउँपलिकाले नै तिरिदिने भएकोले उत्साहका साथ  खेती गर्न मेरो आग्रह छ ।’ प्रमुख यादवले अगामी आवमा किसानलाई सुबिधा दिने यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।

केन्द्र प्रमुख साहले किसानको सिँचाइ मिटरको विद्युत् महसुल तिरिदिने तिरहुत गाउँपालिकाले कार्य एेतिहासिक भएको बताए । यसरी किसानको महसुल तिरिदिने तिरहुत जिल्लामै पहिलो पालिका भएको उल्लेख गरे ।यसले कृषि प्रधान देश कृषि क्रान्तिको बाटोतिर अग्रसर हुँदै गएको देखाएको पनि उनले बताए ।
 प्रमुख साहले जिल्लाकै महादेवा गाउँपालिकाले पनि किसानको कृषि मिटरको विद्युत् महसुल प्राधिकरणलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३