विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले १ हजार ९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना र ४५४ मेगावाटको किमाथांका अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको ५१ प्रतिशत संस्थापक शेयर बिक्री गर्ने भएको छ । प्रतिस्पर्धामार्फत शेयर बिक्रीका लागि कम्पनीले आइतबार सूचना जारी गरी १५ दिनभित्र आशयपत्र पेश गर्न आह्वान गरेको छ । 

सूचना अनुसार मुगु कर्णालीको अनुमानित लागत ४ खर्ब ६० अर्ब रुपैयाँ रहेको र किमाथांका अरुणको ९३ अर्ब ८० करोड रुपैयाँ छ । आयोजना निर्माणमा कुल लागतको २५ प्रतिशत स्वपूँजी र ७५ प्रतिशत ऋण लगानी रहने भएकोले स्वपूँजीको ५१ प्रतिशत रकममा लगानी साझेदारी गर्ने गरी कम्पनीले शेयर बिक्रीको प्रस्ताव आह्वान गरेको हो ।

यस अनुसार मुगुकर्णालीमा बहुमत शेयर लिएर लगानी साझेदारी गर्ने चाहने नेपाली व्यक्ति, कम्पनी वा संस्थाले न्यूनतम ४८ करोड बहत्तर लाख ४३ हजार ४२३ रुपैयाँ र किमाथांका अरुणका लागि ९० करोड ८१ लाख ९ हजार ३०२ रुपैयाँ न्यूनतम कबोल रकम वा सोभन्दा माथि लगानी रकम उल्लेख गरी प्रस्ताव पेश गुर्नपर्ने छ ।

शेयर बिक्रीको यो प्रस्तिस्पर्धामा न्यूनतम कबोल मूल्यभन्दा बढी मूल्यलाई आधार बनाइने कम्पनीको सूचनामा उल्लेख छ । 

संखुवासभाको भोटखोला गाउँपालिका– २ भई बहने अरुण नदीमा यो किमाथांका अरुण निर्माणको प्रस्ताव गरिएको छ । आयोजनाको बाँध जिल्लाको छुम्सुर गाउँनजिकै अरुण नदीमा निर्माण हुनेछ । बाँधका कारण नदीमा करिब ०.३५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १०३ लाख घनमिटर क्षमताको जलाशय बन्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक २६५५.१२ गिगावाट घन्टा बराबरको विद्युत उत्पादन हुनेछ ।

त्यस्तै, मुगु जिल्लास्थित कर्णाली नदीमा निर्माण हुने मुगु कर्णाली जलशययुक्त जलविद्यत् आयाेजनालाई नेपालकाे उर्जा सुरक्षा तथा माग सन्तुलनका दृष्टिले महत्त्वपूर्ण मानिएकाे छ ।

यस्तो छ सूचना  


 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३