विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत आयोजनामा नेपाल पूर्वाधार बैंक लिमिटेड (निफ्रा) को अगुवाईमा ३ वाणिज्य बैंकहरूले लगानी गर्ने टुंगो लागेको छ । लगानीकर्ता अन्य बैंकहरूमा  राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छे« बैंक र सेन्चुरी कमर्सियल बैंक रहेका छन् ।

कूल ७ अर्ब २० करोड ५९ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ । शैलुङ पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गरेको आयोजनाको आज (जेठ १९ गते) लगानी सम्बन्धी सम्झौता गरिने भए पनि स्वपुँजी लगानीबाट निर्माण कार्य भइरहेको छ ।

भोटेकोसी नदीमा बाँध निर्माण गरी २.६ किलोमिटर मुख्य सुरुङबाट पानी ल्याएर पेनस्टक पाइप हुँदै विद्युतगृहसम्म पुर्याइनेछ । भोटेकोसी नदीको बायाँ किनारमा रहेको चाकु गाउँ नजिकै आयोजनाको विद्युतगृह निर्माणको प्रस्ताव गरिएको छ । आयोजनाबाट उत्पादित वार्षिक २३१.८० गिगावाट घन्टा विद्युत विद्युत प्राधिकरणको लामोसाँघु सबस्टेसनमार्फत प्रसारण प्रणालीमा जोडिनेछ ।

अहिलेसम्म आयोजनाका लागि आवश्यक करिब ६० रोपानी भन्दा बढी जग्गा खरिद भइसकेको, अस्थायी जमिन करारमा लिएर अस्थायी संरचनाहरू निर्माण भइरहेको र निर्माणस्थलमा क्रसर तथा ब्याचिङ प्लान्ट स्थापना गरिसकिएको जनाइएको छ ।

विद्युत प्रसारण लाइनको समस्या नभएको, अरनिको राजमार्गको नजिकै आयोजनाका संरचना अवस्थित हुने, सहज यातायातको ब्यवस्था, हेडरेस टनेलको लम्बाई कम हुनु, अधिग्रहण गर्नुपर्ने जग्गा कम हुनु र सुख्खायाममा डिजाइन डिस्चार्ज भन्दा नदीमा बहाब बढी हुनु यस आयोजनाको मुख्य आर्कषण हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit