विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित र स्थानीयबासीका लागि साधारण सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले आगामी बैशाख २१ गतेदेखि सेयर निष्कासन गर्न लागेको हो ।

सेयर निष्कासन छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गते बन्द हुने कम्पनीले जानकारी दिएको छ । दोस्रो चरणअन्तर्गत पहिलो सहचरणमा आयोजना प्रभावित र जिल्लाबासीका लागि निष्कासन हुने सेयरमा आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीका अनुसार सय रुपैयाँ अंकित दरका १ करोड ५० लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा बैशाख ५ गते विवरण बुझाइएको थियो । जसअनुसार सिन्धुपाल्चोकबासीका लागि ६ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता निष्कासन गर्न लागिएको छ ।

६० लाख कित्तामध्ये आयोजना प्रभावित क्षेत्र भोटेकोसी गाउँपालिका वडा नम्बर १ र ५ (साविक लिस्ती र मार्मिङ गाविस), बाह्रबीसे नगरपालिका वडा नम्बर ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबीसे नगरपालिका वडा नम्बर ७ र ८ (साविक घुम्थाङ र मानेश्वरा गाविस) का स्थानीयका लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता निष्कासन हुनेछ । यस्तै, जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता निष्कासन गरिनेछ ।

यसैगरी, जारी पुँजी ६ अर्ब रुपैयाँको १५ प्रतिशत अर्थात् ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयरमध्ये ३ लाख ६० हजार कित्ता अर्थात् सर्वसाधारणमा निष्कासन हुने ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई छुट्ट्याइएको छ । यस्तै, ४ लाख ५० हजार कित्ता अर्थात् सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छर ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit