विद्युत अपडेट

  • प्राधिकरण : ८२११ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आगामी २० गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजनाको सर्वसाधारणका छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ अंकित १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये ३९ हजार १ सय ५० कित्ता कम्पनीका कर्मचारीका लागि, ९७ हजार ७ सय ७५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी, १८ लाख २० हजार ४ सय ७५ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले छिटोमा असार २३ गतेसम्म र ढिलोमा साउन २ गतेसम्म आवेदन दिन सक्नेछन् । 

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरीसकेको छ । कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit