काठमाडौं । अरुण काबेली पावर लिमिटेडको हकप्रद सेयर आवेदन खुल्ला भएको छ । कम्पनी आफ्ना सेयरधनी सदस्यहरूका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो ।
जारी पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको १ कराेड ८५ लाख ५२ हजार १ सय ५ कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीले १:१ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।
आवेदकले भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाइ असार १३ गते हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको थियो । सोहि अनुसार कम्पनीले सेयर निष्कासन गरेको हो । कम्पनीको सेयर निष्कासन गरि बाँडफाँड गर्न नबिल इन्भेस्टमेन्ट बैकिङ्ग बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासनबाट संकलन भएको रकममध्ये ६५ करोड ५२ लाख रुपैयाँ काबेली बि-१ जलविद्युत आयोजना निर्माणका लागि बैंकबाट लिएको दिर्घकालिन ऋण आंशिक तिर्न तथा १२० करोड रुपैयाँ काबेली इनर्जी लिमिटेडले निर्माण गरी काबेली ए जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्ने योजना रहेको छ ।