विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्र अन्तर्गत सडक विस्तार भएकाे स्थानकाे पोल स्थानान्तरण गर्न ३ वटा फिडरको विद्युत सेवा बन्द गरिएकाे छ । वितरण केन्द्रले एनटीसी, उद्योग लविपुर र इटहरी फिडरको विद्युत सेवा ६ दिनका लागि  बन्द गरेको हाे ।

मंगलबार (आज) बिहान ९ बजेदेखि ३ वटै फिडरको सेवा बन्द गरेर विस्तारित सडकका पोल स्थानान्तरणको काम सुरु गरेको वितरण केन्द्रले जनाएको छ । वितरणा केन्द्रका अनुसार विद्युत सेवा आगामी २३ गते (आइतबार) सम्म बन्द हुनेछ । दैनिक ८ घन्टाका लागि अवरुद्ध हुने सेवा ५ बजेबाट सुचारु हुनेछ ।

लाइन अवरुद्ध हुँदा इटहरी फिडर अन्तर्गत ओसो चोक, बस्नेत टोल, राधाकृष्ण मन्दिर, तुलासा टोल र इटहरी चोकदेखि तरहरासम्मकाे  सेवा प्रभावित हुनेछ ।

यस्तै, एनटीसी फिडर अन्तर्गत कोसी गेस्ट हाउस नजिकको क्षेत्र, हेल्थपोस्ट, पशुपती मन्दिर, आइतबारे टेलीकमलगातय स्थानकाे सेवा प्रभावित हुनेछ । उद्योग लविपुर फिडर अन्तर्गत औद्योगिक ग्राहकको मात्र सेवा बन्द हुने वितरण केन्द्रले जनाएको छ । खनार, इटहरी चोकको पूर्व पश्चिम क्षेत्रदेखि झुम्का बजारसम्मका औधोगिक ग्राहकको सेवा बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३