विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

धनकुटा । नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रअन्तर्गत अझै पनि १३ हजारभन्दा बढी काठका पोल प्रयोग भइरहेका छन् । प्राधिकरणले पछिल्लो समय काठका पोल फेर्ने अभियान सुरु गरे पनि परिणाम उपलब्धिमुलक हुन सकेको छैन ।

११ केभी तथा अन्य शाखा लाइनमा अझै झन्डै १३ हजार काठका पोल प्रयोग भइरहेको केन्द्र प्रमुख दीपक सापकोटाले बताए । ‘११ केभी लाइनमा मात्र १ हजार काठका पोल छन्, करिब ३ सय चालू आर्थिक वर्षभित्र फेर्ने लक्ष्य छ,’ उनले ऊर्जा खबरसँग भने, ‘पर्याप्त बजेट नहुँदा योजना अनुसार नयाँ पोल विस्थापित गर्न सकिएको छैन ।’

सापकोटाका अनुसार इलाम र धनकुटा क्षेत्रमा अझै पनि हजारौंको संख्यामा काठका पोल छन् । धनकुटा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको गृह जिल्ला भएको हुँदा उनले विद्युतीकरण गर्न लगाएका अधिकांश ठाउँमा काठका पोल छन् । धेरै ठाउँमा जिर्ण भएर ढल्ने अवस्था हुँदा समेत प्रतिस्थापन गर्न बजेट व्यवस्था हुन नसकेको सापकोटाको भनाइ छ ।

आवश्यक बजेट विनियोजना हुन सके एक–डेढ वर्षभित्रै सबै काठका पोल प्रतिस्थापन गर्न सकिने पनि सापकोटाले बताए । पूर्वाञ्चल अर्थात् प्रदेश १ अन्तर्गतको धनकुटामा अहिलेसम्म करिब ९८ प्रतिशत विद्युतीकरण भइसकेको छ । करिब ३०, हजार ग्राहक रहेको जिल्लामा फेरि पनि समस्या काठको पोलकै छ ।

यही कारण हावा, हुरी वा ठूलो झरी पर्दा लाइन ट्रिप हुने, पोल ढल्ने घटना दोहोरिने गरेका छन् । सम्पूर्ण काठका पोल प्रतिस्थापन गर्न करिब २५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसले गुणस्तरीय विद्युत् आपूर्ति मिलाउन नसकिएको सापकोटाको भनाइ छ । ठूलो बजेट आवश्यक पर्ने हुँदा केन्द्रलाई पनि रकम व्यवस्थापन गर्न गाह्रो भइरहेको सापकोटाले बताए ।

जिल्लामा ११ वटा फ्यूज सेवा (धनकुटा, हिले, जितपुर र राजारानी) र ४ वटा महसुल काउन्टर छन् । चालू आवभित्रै सिदुवा बजार र भेडेटारमा महसुल संकलन केन्द्र स्थापना गर्ने तयारी छ । सर्वसाधारण ग्राहकले निरन्तर महसुल तिरे पनि त्यस क्षेत्रमा सञ्चालित निगाले सिमेन्टको बक्यौता १३ करोड १८ लाख रुपैयाँ छ । कूल १४ करोड ३१ लाख रुपैयाँ बक्यौता मध्ये ठूलो रकम सिमेन्ट उद्योगकै देखिएको छ । २०७२ साउनदेखि नउठाइएको ट्रंक र डेडिकेटेड लाइको महसुल नियमित संकलन नहुँदा वा छुट बिलबापतको रकम बढ्दै गएको छ ।

चुहावट ८.६ प्रतिशत

केन्द्रको विद्युत् चुहावट चालू आवको हालसम्म ८.६ प्रतिशतमा झरेको छ । केन्द्रले २० वटा जाँच केन्द्रबाट मिटर रिडिङ गर्दै आएको छ । ती मध्ये अहिलेसम्म १५ वटालाई अनलाइन भुक्तानी प्रणालीमा जोडिएको छ । चालू आवको माघसम्म २२७ ग्राहकको लाइन काटेर २० लाख रुपैयाँ बक्यौता असुल उपर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit