विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौँ उपत्यका बाहिरबाट उपत्यकामा आई घरभाडामा बसेर स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ । 

खाना पकाउने एलपी ग्यासको मूल्य बढ्दो क्रममा रहेकोले त्यसबाट राहत महसुस गराउन र विद्युतीय चुलोको प्रवर्द्धन गराउन यस्तो कार्यक्रम ल्याइएको केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार विद्युतीय चुलो लिनका लागि नेपाली नागरिकताको प्रमाण पत्र, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि सहित केन्द्रमा आवेदन दिनु पर्नेे छ ।  

आवेदन दिएका मध्ये अति दुर्गम र दुर्गम स्थानबाट आएका विद्यार्थीलाई प्राथमिकता दिइने जनाइएको छ । यसका लागि अनलाइन मार्फत फारम डाउनलोड गरी अनलाइन फारम समेत भर्न सकिने छ । 

यसअघि यहि कार्यक्रम मार्फत इन्डक्सन प्राप्त गरेका विद्यार्थीको आवेदन स्वीकार नहुने पनि केन्द्रले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३