विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३/११ केभीको अस्वरा सबस्टेसन चार्ज गरेको छ । दाङ जिल्लाको तुलसीपुर क्षेत्रको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा स्तरोन्नति गर्ने उद्देश्यले निर्माण भएको सबस्टेसन शनिबारदेखि चार्ज भएको हो ।

सबस्टेसन अहिले ‘नो लोड’ मा चार्ज गरिएको प्राधिकरण प्रादेशिक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख सुरज गौतमले बताए । उनका अनुसार अहिले ‘नो लोड’ मा चार्ज भएको सबस्टेसन एक साताभित्र लोड दिएर चार्ज गरिनेछ ।

‘उद्योग र घरायसी ग्राहकले पाउने विद्युत सेवाको गुणस्तर सुधार तथा प्रणालीको स्तरोन्नति गर्न सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘सबस्टेसन लोडमा चार्ज भएपछि विशेष गरी तुलसीपुर वितरण केन्द्रको भोल्टेजमा सुधार, ट्रिपिङ घट्ने, चुहावट घट्ने साथै विद्युत बिक्री बढ्नेछ ।’

आगामी एक साताभित्र सबस्टेसनबाट दुई वटा फिडर निकालेर लाेडमा चार्ज गरिनेछ । बाँकी एउटा फिडर निकाल्न ८ सय मिटर लामो लाइन निर्माण गर्नुपर्ने भएकोले समय लाग्ने गौतमले बताए ।

आयोजनाको काम ५ वर्ष अघिदेखि नै सुरु भएको हो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण करिब २ वर्ष नै काम प्रभावित भएको थियो ।

आयोजना सम्पन्न गर्न १० करोड १९ लाख ७० हजार रुपैयाँ खर्च भएको छ । सबस्टेसन निर्माणको काम आर के इन्टरनेश्नलले गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३