images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो ३ दिनदेखि २४ घन्टामा एक मिनेट पनि विद्युत आपूर्ति नदिएको भन्दै उद्योगी व्यवसायी आक्रोसित भएका छन् । प्राधिकरणले लोडसेडिङ तालिका नदिएको र आपूर्ति समेत नगरेको भन्दै उनीहरू उद्धेलित भएका हुन् ।

प्राधिकरणले गएको डेढ सातादेखि निरन्तररूपमा औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्दै आएको छ । बिनाजाकारी विद्युत काटिएपछि उद्योगीहरूले गुनासो गर्न थालेका थिए । उद्योगीहरूको गुनासो आएपछि प्राधिकरणले बैशाख १४ गते पत्रकार सम्मेलन नै गरी आपूर्ति कटौती हुँदा सूचना दिने जनाएको थियो ।

तर, यस अवधिमा प्राधिकरणले विद्युत नदिएको र सूचना समेत जारी नगरेको विराटनगरका एक उद्योगीले ऊर्जा खबरसँग गुनासो गरे । ‘उद्योगभित्र हजारौं कामदार छन्, गर्मी बढिरहेको छ तर प्राधिकरणले आपूर्ति दिइरहेको छैन,’ उनले भने, ‘यो कहाँसम्मको अन्याय हो ? कुलमानजी कहिलेसम्म सस्तो लोकप्रियतामा रमाइरहने ।’

हजारौं कामदार काम गरिरहेका र निर्यातमुखी उद्योगमा समेत विद्युत काटेर प्राधिकरणले कुन पुरुषार्थ गर्न खोजेको हो भन्दै ती उद्योगीले आक्रोस पोखे । ‘संकटको बेलामा उद्योग र गार्हस्थमा समानुपातिक हिसाबले बिजुली वितरण गर्नुपर्नेमा उद्योगको लाइन काटेर सर्वसाधारणलाई खुसी पार्ने कुलमान रणनीतिले औद्योगिक क्षेत्र धराशायी हुने भएको छ,’ उनले थपे ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिन अगाडि औद्योगिक क्षेत्रमा समानुपातिक हिसाबले विद्युत वितरण गरिएको तर उद्योगहरूले अनावश्यक राजनीति गरेको बताएका थिए । बैशाख १४ गतेको पत्रकार सम्मेलनमा पनि उनले २–४ दिनको कुरा रहेको हुँदा गार्हस्थमा विद्युत काट्न आवश्यक नपर्ने तर औद्योगिक क्षेत्रमा केही असुविधा हुने कुटनीतिक भाषा बोलेका थिए ।

उता पूर्वका मोरङ व्यापार संघ, उद्योग संकठन मोरङ र नेपाल उद्योग परिसंघले शुक्रबार (बैशाख १६ गते) संयुक्त वक्तव्य जारी गर्दै औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङको तालिका सार्वजनिक गर्न मागरेका थिए ।

अघिल्लो सातादेखि पूर्वका उद्योगहरूमा बिनाजानकारी दैनिक १२ घन्टासम्म लोडसेडिङ हुँदै आएकोमा पछिल्लो ७२ घन्टामा २४सै घन्टा विद्युत आपूर्ति ठप्प भएको उद्योगीहरूको भनाइ छ । यसबाट, प्रत्यक्षरूपमा कामदार निस्क्रिय बस्नु परेको, मेसिनरीमा क्षति पुगेका, कच्चा पदार्थ नष्ट भएको लगायतमा असर परेको बताइएको छ ।

विश्व राजनीतिमा आएको विचलन अर्थात् रुस–युक्रेन युद्धले भारतमा भएको कोइला आयातमा कमी आउँदा त्यहाँ पनि ऊर्जा संकट गहिरिँदै गएको छ । नेपालले ढल्केबर–मुजफ्फरपुर लगायत विभिन्न नाकाबाट ५०० मेगावाटसम्म बिजुली दिइरहेकोमा पछिल्लो समय यो बढीमा १०० मेगावाटसम्ममा झरेको छ ।

र, याे पनि

१. औद्योगिक क्षेत्रमा दैनिक १५ घन्टासम्म विद्युत कटौती, प्राधिकरण सूचना दिँदैन न केही बोल्छ

२. अब औद्योगिक क्षेत्रमा घोषित लोडसेडिङ, ‘दुई चार दिनको कुरा हो, गार्हस्थमा काट्नुपर्दैन’ : कुलमान

३. भारतमा कोइला संकट, नेपालमा विद्युत संकट !

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit