विद्युत अपडेट

  • प्राधिकरण : ७८१९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४७४३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२५९० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६५९८९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०६० मे.वा.
२०८२ असोज २३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बैतडी । केही दिनअघि नेपाल र भारतको सचिवस्तरीय बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका विषयमा सहमति भएको खबरप्रति स्थानीयहरु खासै खुसी भएका छैनन् ।

पञ्चेश्वर आयोजनालामो समयदेखि निर्माण हुन नसकेको र यस्ता खालका समाचारहरु मात्रै आइरहेकाले आफूहरुलाई आयोजना बन्छ भन्ने कुरामा विश्वास नलागेको पञ्चेश्वर गाउँपालिका वडा नं २ का वडाअध्यक्ष दशरथ मंगोलाले बताए।

उनले भने ‘पञ्चेश्वर आयोजना हाम्रो लागिआकाशको फल आँखा तरी मर भने जस्तै भएको छ । मैले पनि विभिन्न सञ्चार माध्यममा पञ्चेश्वरका विषयमा सहमति भयो भन्ने सुनेँ यी कुराहरु पहिला पनि सुनिन्थे । खासै अगाडि बढ्ला जस्तो मलाई लाग्दैन ।’

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणको चर्चा चलेको ३ दशक बढी भइसक्दा समेत काम अगाडि नबढेकाले यो आयोजना निर्माण हुने कुरामा आफूहरुलाई अझै पनिआशंका रहेको स्थानीय शिक्षक समेत रहेका शुक्रबहादुर चन्दले बताए।

उनले भने  ‘हामीले सानो छँदै यो आयोजना बारे सुनेका थियौं । तर अहिले सम्म काम अघि बढ्न सकेको छैन। अहिले भएको भनिएको सहमति पनि कार्यान्वयन हुने कुरामा हामी सशंकित छौं । यस्ता सहमति र बैठकहरु पहिला पनि भएकै हुन् ।’

नेपालका तर्फबाट सन् १९९५ मापञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन बनेको भए पनि खासै काम अघि बढ्न सकेको छैन । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबाट ६ हजार ४८० मेगावाट विद्युत उत्पादन हुने देखिएको छ ।

पञ्चेश्वर आयोजना दलहरुको जहिले पनि चुनावी एजेण्डा बन्ने तर काम केही पनि नहुने आयोजना भएको स्थानीयहरुको गुनासो छ । पञ्चेश्वर हरेक चुनावमा दलहरुको एजेण्डा बन्ने गरेको भए पनि यसलाई अगाडि बढाउन कसैले पनि नसकेको स्थानीयहरुको भनाइ छ । यही शनिबार पनि प्रधानमन्त्री केपी ओलीले उक्त आयोजना छिट्टै सम्पन्न हुने आश्वासन दिएका थिए ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध निर्माणस्थल वरीपरीका नागरिकहरु भने यो आयोजनाको काम सुरु हुनेमाआशावादी देखिएका छैनन् । ‘यो परियोजनाले भारतलाई फाइदा हुने भएपछि मात्रै काम अघि बढ्छ । तर अहिले नै अघि बढ्ला भन्ने मलाई लाग्दैन,’पञ्चेश्वर २ का स्थानीय परमलघटालले भने ‘पञ्चेश्वर आयोजना चर्चाको विषय मात्रै हुन्छ । यसमा काम हुने कुनछाँटकाँट देखिदैन ।’

अन्नपूर्ण पाेष्ट दैनिक

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३